राजधानीमा हैजा : दुई महिनामा १३७ जना बिरामी

edcd program

काठमाडौँ, २२ भदौ – राजधानीमा हैजाले यसबर्ष पनि प्रकोपको रुप लिएको छ । यद्धपी सरकारी अधिकारीहरुले अहिलेसम्म नियन्त्रणमै रहेको दावी गरेका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार दिएको जानकारी अनुसार गत १६ असारमा बाफलका एक व्यक्तिमा हैजाको जीवाणु देखिएयताको दुई महिनामा काठमाडौँ र ललितपुरमा गरि १३७ जनामा यो रोगको जिवाणु भेटिएको छ । अघिल्लो बर्ष काठमाडौँमा बढी भएपनि यसपटक बढी ललितपुरमा देखिएको छ । महाशाखाका अनुसार ललितपुरमा ११० केश र काठमाडौँमा २७ केश फेला परेको छ ।

ललितपुरको बंगलामुखी, भैंसेपाटी, इमाडोल, सुनाखेती, अकुवहाल पाटन लगायतका क्षेत्रमा प्रकोप बढी देखिएको हो । त्यस्तै काठमाडौँको बाफल, डल्लु, थानकोट, काँडाघारी लगायतका क्षेत्रमा समेत यो रोगको संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका सहायक स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्माले केश धेरै ठाँउमा भेटिएपनि समयमै रोगपडताल र उपचार भएकै कारण नियन्त्रणमा आएको दावी गरे । उनले भने, ‘यतिका केश हुँदा कतै महामारी नै हुने हो कि भन्ने पनि डर हुन्छ तर हामीले समयमै यसको खोजपडताल गरी नियन्त्रणमा ल्याउन सफल भयौँ ।’ उनले यसपकट हैजा संक्रमित सबै विरामी २४ देखी ४८ घण्टाको अस्पताल बसाई पछि घर फर्केको बताए ।

डा. शर्माले यसपटक हैजा प्रभावितहरु अधिकांश १५ देखी २४ बर्ष उमेर समूहका रहेको बताए । यद्धपी संक्रमण भने ४ देखी ६० बर्षका व्यक्तिमा भएको उनले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार हैजाका जिवाणु संक्रमण भएका मध्ये २० प्रतिशतमा मात्र लक्षण देखिन्छ र त्यसको पनि २० प्रतिशतमा कडा रुप लिन्छ। यो आधारमा हालसम्म देखिएको संख्या हेर्दा ठूलो संख्यामा लक्षण नदेखिए पनि रोगका जिवाणु रहेको हुन सक्ने र त्यसले फैलाउने खतरा बढ्न सक्ने शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *