गर्भपतन गराएकी महिलाको मृत्युपछि अस्पतालमा तनाव

खोटाङ, २० भदौ – गर्भपतन गराएकी महिलाको मृत्यु भएपछि मृतकका आफन्तले तीनबुँदे माग राखेर आन्दोलन थालेका छन् ।

शल्यक्रियामार्फत गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको आइतबार मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति र आश्रित परिवारलाई रोजगारीको माग राखेर आन्दोलन थालेका हुन् ।

मृतकका आफन्तले आन्दोलन थालेपछि जिल्ला अस्पताल खोटाङ तनावग्रस्त बनेको छ । सोही विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सम्बन्धित पक्षलाई छलफलका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा बोलाएका छन् ।

सात सन्तानकी आमा टलकुमारीले चिकित्सककै सल्लाहमा भदौ–१६ गते जिल्ला अस्पताल खोटाङ आएर तीन महिनाको गर्भपतन गराएकी थिइन् । अस्पतालका चिकित्सक सन्तोष साहले जबर्जस्ती शल्यक्रिया गरेर गर्भपतन गरिदिएकाले टलकुमारीको मृत्यु भएको उनका आफन्तको आरोप छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *