दिनमा कति कप कफि पिउनुहुन्छ ? अध्ययन् भन्छ, ‘जीनमा नै लेखिएको हुन्छ मात्रा’

coffee
सुन्दा अचम्म लाग्न सक्छ तर बैज्ञानिकहरुको दाबी छ कि दिनमा तपाइँहरुले कति कप कफि पिउनु हुन्छ भन्ने कुरा तपाइँको जीनमा लेखिएको हुन्छ ।

यो खास जीनको नाम ‘पि.डि.एस.एस.टु’ हो । अपरिवर्तित ‘पि.डि.एस.एस.टु’ जीन भएका ब्यक्तिमा क्याफेइनलाई पचाउने/ टुक्राउने शक्ति बढी हुन्छ । त्यसैले ती मानिसहरुको शरीरमा क्याफेइन धेरै समय रहँदैन र धेरै कप कफि पिउने मन गर्छन् ।

तर’ पि.डि.एस.एस.टु ‘जीन परिवर्तन भएका ब्यक्तिहरुमा भने क्याफेइन टुक्राउने शक्ति कम हुन्छ र शरीरमा क्याफेइन लामो समयसम्म रहिरहन्छ । त्यसैले यी ब्यक्तिहरु धेरै कफि पिउने रहर गर्दैनन् ।

‘यूनिभर्सिटी अफ आइडेनबर्ग’ र ‘यूनिभर्सिटी अफ टिस्ट’ का अनुसन्धानकर्ताहरुले नेदरल्याण्ड र इटलीमा ३ हजार कफि सेवकको ‘डि.एन. ए’ परीक्षण गरेका थिए ।

सहभागिहरुलाई दैनिक कति कप कफि पिउँछन् भन्ने कुरा उल्लेख गर्नु पर्ने थियो यो कुरा तीनै ब्यक्तिहरुको डि.एन.ए परिक्षणबाट बैज्ञानिकहरु यस्तो निचोडमा पुगेका हुन् ।

यूनिभर्सिटी अफ आइडेनबर्गका डा निकोला पिरास्टु भन्छन् ‘हाम्रो चाहना र जिनबिच एक सम्बन्ध हुन्छ भन्ने कुराको यो एक राम्रो र ठोस सबुत हुन सक्छ । पि.डि.एस.एस.टु र कफि पिउने चाहनाको सम्बन्धलाई मजबुत रुप दिन अझ बढी अध्ययन गर्नु पर्ने देखिन्छ ।’

यो अध्ययन जर्नल साइन्र्टीफक रिपोर्टमा प्रकाशित छ ।

एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *