स्वास्थ्य मन्त्रीद्वारा जनता क्लिनिकमा स्वास्थ्य परीक्षण

काठमाडौँ, ११ भदौ –  स्वास्थ्यमन्त्री गगन थापाले आज ‘जनता क्लिनिक’ मा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

आफ्नो संसदीय निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयले आज यहाँ आयोजना गरेको क्लिनिकमा उनले स्वास्थ्य परीक्षण गराएका हुन्। मन्त्री थापा काठमाडौँं क्षेत्र नम्बर– ४ वाट संसद्मा निवार्चित भएका हुन् ।

मन्त्री थापाकै अवधारणामा तीन महिनाअघि क्लिनिक सुरु भएको थियो । कार्यालयका प्रमुख रोहित पौडेलले भने,‘‘ हरेक महिनाको पहिलो शनिबार क्लिनिक सञ्चालन हुने गरेको छ । तर यसपल्ट प्राविधिक कारणले पछि सरेको हो ।’’

बूढानिलकण्ठस्थित श्री जयभद्रकाली प्राथमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको क्लिनिकमा ७६ जना वयस्क र ८७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *