बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रधानमन्त्री दाहालको निर्देशन

parchanda

काठमाडौँ, १० भदौ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले आज चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नंम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको चण्डीभञ्ज्याङ गाविसको कालीखोलामा दुर्घटनामा परेको थियो ।

प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरुको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् ।

दुर्घटनामा परी २१ यात्रुको निधन भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ भने १३ जनाको उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

गएराति बस दुर्घटनामा परेको भए पनि बिहान ४ बजे गस्तीमा गएको प्रहरीले बस नदीमा तैरिरहेको देखेपछि उद्धार सुरु गरेको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *