चितवनमा मात्रै १०४ जनामा ‘स्क्रब टाइफर्स’को सङ्क्रमण

चितवन, ३ भदौ –  चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा. दयाराम लम्सालले २२२ जनामा गरिएको परीक्षणमा १०४ जनामा सङ्क्रमण भएको जानकारी दिए। उनका अनुसार बालबालिकामा बढी सङ्क्रमण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा सङ्क्रमण भएको सार्वजनिक गरेको थियो । चितवनमा सोही मेडिकल कलेजमा मात्रै रोगको परीक्षण हुँदै आएको छ । केही दिनअघि किट सकिएकाले उपचारमा समस्या भए पनि अहिले भने किट आइपुगेको डा लम्सालले जानकारी दिए।

प्रकोप फैलिंँदै गएको भए पनि यहाँको भरतपुर अस्पताल र भरतपुर मेडिकल कलेजमा किट ल्याएर परीक्षण हुनसकेको छैन । जिल्लामा २०७३ साल वैशाखपछि अहिलेसम्म उक्त रोगको अवस्था र सङ्क्रमणको बारेमा आज पहिलोपटक जनस्वास्थ्य कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा उक्त रोगका कारण एकजना महिलाको मृत्यु भएको जानकारी दिए।

यसअघि धरानमा उपचार गरिएका सङ्खुवासभा र भोजपुरका गरी दुई बिरामीको ज्यान गइसकेको छ ।

नेपालका २० जिल्लामा स्क्रब टाइफर्सका बिरामी भेटिएका छन् । अघिल्लो वर्षबाट आधिकारिक रुपमा नेपालमा सरकारले सङ्क्रमण पत्ता लगाएको हो ।

मुख्यगरी मुसामा लाग्ने एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरी मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने यसको लक्षण हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *