बीर अस्पतालको निमित्त निर्देशकमा प्राडा भुपेन्द्रकुमार बस्नेत

काठमाडौँ, २६ साउन – बीर अस्पतालको निमित्त निर्देशकको जिम्मेबारी प्राडा भुपेन्द्रकुमार बस्नेतलाई दिइएको छ । यसअघिका निर्देशक प्राडा  स्वयंप्रकाश पण्डीतको दुईवर्षे कार्यकाल गत सोमबार सकिएपछि रिक्त निर्देशक पदमा प्राडा  बस्नेतलाई निमित्तको रुपमा जिम्मेबारी दिइएको हो ।

dr bhupendra ku basnet
प्राडा भुपेन्द्रकुमार बस्नेत

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले रिक्त पदमा डा बस्नेतलाई निमित्त निर्देशकको जिम्मेबारी दिइएको बताए ।

दुई बर्षे अवधीको बीरको निर्देशक पदमा उपकुलपतिको सिफारिसमा सहकुलपतिको हैसियतले स्वास्थ्य मन्त्रीले नियुक्त गर्ने चलन छ । हाल स्वास्थ्यमन्त्री नभईसकेकोले तत्काल कामकाज नरोक्नका लागि निमित्त निर्देशकको जिम्मेबारी दिइएको डा. गुरुङले बताए ।

इन्टरनल मेडिसिनमा एमडी र ग्यास्ट्रो इन्टेरोलोजीमा डीएम गरेका प्राडा बस्नेत न्याम्सको मेडिसिन विभाग प्राध्यापन गर्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *