बेलुका ढिला सुत्ने बालबालिकामा मोटोपनको समस्या : अध्ययन्

एजेन्सी – एक अनुसन्धानले बेलुकामा छिटै सुत्ने बच्चामा देखिने मोटोपनको सम्भावना ढिलो सुत्ने बच्चाको तुलनामा कम भएको देखाएको छ । जर्नल अफ पेडियाट्रिकमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार बेलुकाको आठ बजे सुत्ने बच्चामा भन्दा ९ बजे पछि सुत्ने बच्चामा मोटोपनाको सम्भावना बढि देखिएको हो ।

Sleeping-toddler

ओहियो स्टेट युनिभर्सिटी कलेज अफ पव्लिक हेल्थको एसोसिएट प्रोफेसर सराह अन्डरसन भन्छन् , बच्चालाई स्वस्थ राख्न अभिभावकहरुले उसको दिनचर्या र सुत्ने समयको खास ध्यान दिनुपर्छ । किनभने मोटोपनाले पछि गएर मधुमेह तथा मुटुजन्य रोग लगायतका अन्य नसर्ने रोगको सम्भावना बढाउछ ।

यो अनुसन्धानका लागि ९७७ बच्चालाई लिइएको थियो । जो स्टडी अफ अर्लि चाइल्डकेयर तथा युथ डेभलवमेन्ट परियोजनासंग सम्वन्धीत थिए । अनुसन्धानकर्ताहरुले ती बच्चाहरुलाई तीन समूहमा विभाजन गरि अध्ययन सुरु गरेका थिए । पहिलो समूहमा रातको ८ बजे सुत्नेवाला, दोस्रो समूहमा रातको ८ देखी ९ बजेको बीचमा सुत्नेवाला र तेस्रो समूहमा रातको ९ बजे पछि सुत्नेवालाहरु ।

यी सबै बच्चाहरुको उमेर साढे ४ बर्षको थियो । जब आमाहरुको काखमा सुत्न पाउथे उनीहरु ढिलासमय सम्म सुत्ने गर्थे । अनुसन्धानकर्ताहरुले केही बर्षको अन्तरालमा यस्तो नतिजा देखेकी आठ बजे भन्दा अघि सुत्नेमा जम्मा ९ जनामा मात्रै मोटोपना भएको पाइयो, ८ देखी ९ बजे बीचमा सुत्नेको १६ प्रतिशत र त्यसभन्दा पछि सुत्ने मध्ये२३ प्रतिशतमा मोटोपनाको सिकार भएको पाइयो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *