‘मानिसको नाकमा भएको जिवाणुबाट एन्टिबायोटिक्स् ?’

nak ma antibayotik

एजेन्सी – नाकमा रहेका जीवाणुहरुले उत्पादन गर्ने यौगिकले कयौं डरलाग्दा रोग निम्त्याउने ब्याक्टेरिया, भाइरस वा अन्य जीवाणुहरुलाई मार्न सक्ने बताइएको छ।कतिपय औषधिले नछुने मेथिसिलिन रेसिस्टेन्ट स्टाफाइलोकोकस अरियस (एमआरएसए) भनिने ब्याक्टेरियालाई पनि यस्तो यौगिकले खतम पार्न सक्ने जनाइएको छ।

तर यस्तो यौगिकलाई प्रभावकारी औषधिमा रुपान्तरण गर्न अझ कयौं वर्ष लाग्न सक्ने अनुसन्धानमा संलग्न जर्मन वैज्ञानिकहरुले बताएका छन्।जर्मनीको टुबगेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले मानव शरीर नयाँऔषधिहरुका लागि अहिलेसम्म उपयोग नगरिएको स्रोत भएको बताए।

यसअघि प्रायः सबै एन्टिबायोटिक्स् माटोमा रहने ब्याक्टेरियामा पाइएको थियो तर उक्त विश्वविद्यालयको अनुसन्धान टोलीले मानव शरीरमा खोजी गर्यो।

मानव शरीर झट्ट हेर्दा एउटा रणमैदान जस्तो देखिदैंन।तर मसिनो रुपमा केलाउंदा प्रतिस्पर्धी ब्याक्टेरियाबीच ठाउँ र खानाका लागि संघर्ष देखिन्छ।त्यो संघर्षमा ती ब्याक्टेरियाले एन्टिबायोटिक्स्लाई अस्त्रको रुपमा प्रयोग गरिरहेको लामो समयदेखि नै अनुमान गरिदैं आएको छ।

नाकमा आक्रमण गर्न रुचाउने ब्याक्टेरियामध्ये स्टाफाइलोकोकस अरियस हो जसमा एमआरएसए पनि पर्दछ। यो ३० प्रतिशत मानिसहरुको नाकमा पाइन्छ।

यो किन सबैको नाकमा पाइदैंन त ?वैज्ञानिकहरुले नाकमा प्रतिद्वन्द्वी ब्याक्टेरिया स्टाफाइलोकोकस लुग्डुनेन्सिस भएका मानिसहरुमा स्टाफाइलोकोकस अरियसले आक्रमण गर्ने सम्भावना न्यून रहेको अनुसन्धानमा पाए।

त्यसबाट नयाँ एन्टिबायोटिक बनाउन आवश्यक वंशाणु वैज्ञानिकहरुले निर्क्यौल गरे र त्यसलाई लुग्डुनिन नाम दिए। मुसाहरुमा गरिएको अनुसन्धानले छालामा देखिएको संक्रमण पनि त्यसले निको पार्न सक्ने देखाएको छ।

-बीबीसीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *