डा. केसी समर्थनमा निस्केको र्‍यालीमा को – को आए ? कस्तो देखियो ?

a3

काठमाडौँ, ८ साउन – डा. गोविन्द केसीले उठाएका मागलाई पुरा गर्न दवाव दिन ‘सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्स’ को आव्हानमा आज माइतीघर देखी बानेश्वरसम्म बृहत दवाव र्‍यालीको आजोजना भएको छ ।

र्‍यालीको नेतृत्व त्रिवि शिक्षण अस्पतालका रेजिडेन्स डक्टरले अगुवाई गरेका थिए । यद्धपी व्यवस्थापनको पक्षमा विवेकशील नेपाली पार्टीले नेतृत्व लिएको देखिन्थ्यो । सो पार्टीका अध्यक्ष उज्वल थापाले आफूसहित थुप्रै कार्यकर्ता र्‍यालीमा सहभागी गराएका थिए । र्‍यालीका लागि व्यानर प्लेकार्ड तथा साउन्डसिस्टम सोही पार्टीले व्यवस्थापन गरेको थियो ।

rali7

त्यस्तै एजुनकेशन कन्सलटेन्सी नेममा प्रवेश परीक्षाको तयारी गरेका विद्यार्थीहरु पनि जुलुसमा पुगेका थिए । नेमका सञ्चालक नविन शर्मा विद्यार्थी लिएर पुगेका थिए । उनले आफ्नो संस्थाबाट ५ सय बढी विद्यार्थी आएको बताए ।

rali5

र्‍यालीका लागि एलायन्स सदस्य एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेसबुक र ट्वीटरबाट निकै आवहान गरेका थिए । तर उनको पार्टीको तर्फबाट भट्राई पत्नी हिसिला यामी बाहेक चिनिएको अन्य व्यक्ति देखिएन । उनी एउटा व्यानर सहित र्‍यालीमा सहभागीमा थिइन् ।

a10

र्‍यालीमा पूर्व मुख्य सचिव लिलामणी पौडेल र पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल समेत केही समय देखिएका थिए । तर उनीहरु बानेश्वरसम्म पुगेनन् । पूर्व मिस नेपाल सुगरिका केसी र्‍यालीको व्यानर भन्दा अघि अघि हिनेकी थिइन् ।

a4

विश्व साइकल यात्री पुस्कर शाह पनि दर्जन बढी साइकलयात्रीलाई लिएर साइकल सहित माइतीघर पुगेक थिए । नेविसंघ, अनेराश्ववियु, अखिल क्रान्तिकारीका केही सदस्यहरु व्यक्तिगत रुपमा सहभागी देखिन्थे ।

reli1

र्‍यालीपछि बानेश्वरस्थित एभरेष्ट होटल भएको कोणसभालाई डा. केसीले टेलिफोनबाट सम्वोधन गरेका थिए । उनले आफ्नो लडाई विधिको शासनका लागि, लोकतन्त्रका लागि र लोकमानतन्त्र विरुद्ध भएको बताए । उनले जनतालाई सहज स्वास्स्थ्य सेवा पुरयाउन आफू पटक पटक अनसनमा होमिएको बताएका थिए ।

a8

उनीपछि अलायन्सका तर्फबाट डा.  जीवन क्षेत्रीले बोलेका थिए । उनले आफूहरुको आन्दोलन र बार्ता संघसंघै अघि बढेको तर अस्ति सहमति नजिक पुगेपनि हिजो टाढिएको संकेत गरे । उनले थप दवावका लागि आवश्यक परे थप कार्यक्रम सार्वजनिक गर्ने बताए ।

a7

a5

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *