बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी, ६ साउन –  मौसम परिवर्तन भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको सङ्ख्या बढेको हो ।

पाटन नगरपालिकामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या गएको एक हप्तायता प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा उपचारका लागि आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी आउने गरेको डा. शशी कँडेलले जानकारी दिए।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा अहिले दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको र तीमध्ये ३० भन्दा बढीमा भाइरल ज्वरो देखापरेको छ, उनले भने, “मौसम परिवर्तन भएसँंगै भाइरल ज्वरोका बिरामीको संख्या बढेको हो ।”

पाटन नगरपालिका र आसपासका गाविसका बिरामीहरु पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेको उनले बताए।

यस्तै, जिल्ला अस्पताल बैतडीमा पनि मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाइएको छ । विगतको भन्दा ज्वरोका बिरामीहरु बढेको अस्पतालका डा. बिदुर भण्डारीले जानकारी दिए।

भाइरल ज्वरो भएका बिरामीहरुले प्रशस्त मात्रा पानी पिउनुपर्ने, आराम गर्नुपर्ने, झोलिलो खानेकुराहरु खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

-रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *