डा. गोविन्द केसीको अनसनबिरुद्ध निजी क्षेत्रको प्रदर्शन

private

काठमाडौँ, २ साउन – डा. गोविन्द केसीको अनसनको पक्षमा प्रदर्शन गरिएको भोलीपल्टै उनको विरोधमा अर्को प्रदर्शन भएको छ । निजी स्वास्थ्य संस्था सञ्चालकहरुले उक्त प्रर्दशन गरेका हुन् ।

विरोधमा सहभागीहरुले डा केसीको अनसन निजी क्षेत्रलाई ध्वस्त पार्ने उद्धेश्यबाट परिचालित भएको आरोप लगाउदै सरकारलाई खबरदारी समेत गरे । विहान ११ बजे भृकुटीमण्डबाट सुरु भएको जुलुसले नेपाल चिकित्सक संघलाई ज्ञापन पत्र बुझाई माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

जुलुसमा नेपाल मेडिकल कलेज एवं एसोसियसनका अध्यक्ष डा. भोला रिजाल, काठमाडौँ मेडिकल कलेजका प्राचार्य डा. चन्दा कार्की, नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष डा. सुरेश कनोडिया, विराट मेडिकल कलेजका डा. ज्ञानेन्द्रमानसिंह कार्की, चितवन मेडिकल कलेजका डा. हरिशचन्द्र न्यौपाने, नेशनल मेडिकल कलेज बीरगञ्जका डा. बसुरुद्धिन अन्सारी, प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव डा. रामकुमार घिमिरे लगायत सहभागी थिए । त्यस्तै उपत्यकाका केही मेडिकल कलेजका शिक्षक कर्मचारी तथा विद्यार्थीहरु सहभागी थिए ।

जुलुसपछि माइतीघरमा आयोजित कोणसभामा बोल्दै डा रिजालले नेपालको मेडिकल शिक्षा विश्वमै उत्कृष्ठ रहेको भन्दै अनसनको नामबाट यसलाई धम्ल्यिाउन खोजिएको आरोप लगाए । उनले नेपालमा मेडिकल कलेज खोल्न नदिएर चीन बंगलादेश र फिलिपिन्समा विद्यार्थी पठाउनका लागि प्रपन्च रचिएको र त्यसको मोहरा डा केसी बनेको आरोप लगाए ।

private1

काठमाडौँ मेडिकल कलेजका प्राचार्य डा. कार्कीले गुणस्तर सुधार्नुपर्छ भन्दै सुरुमा अनसन बस्दा आफू पनि गएर एकेवद्धता जनाएको तर पटकैपिच्छे माग फेर्र्दै जाने र निजी क्षेत्रका मेडिकल कलेजलाई बदनाम गराउने गरि अनसन बस्न थालेपछि आफूहरु विरुद्धमा लागेको बताइन् ।

चितवन मेडिकल कलेजका डा. न्यौपानेले नेपालको मेडिकल शिक्षामा निजी मेडिकल कलेजको योगदान ठूलो रहेको भन्दै यसको अवमूल्यन गर्न नहुने बताए । उनले जायजकुरा सुनाउन पनि जुलुसनै गर्नुपर्ने परिपाटि भएको भन्दै सोही कारण आफूहरु जुलुसमा सहभागी भएको बताए ।

विराट मेडिकल कलेजका डा. कार्कीले निजी क्षेत्र सबै माफिया हुन भन्ने गरी डा केसी प्रस्तुत भएको भन्दै यसको विरोधमा आफूहरु उभिएको बताए । डा.केसीले जे भने त्यहि हुने भए नियम कानून किन चाहियो ? उनले प्रतिप्रश्न गरे। त्यसैले विधिको शासनमा सबैले मान्नुपर्छ ।

कार्यक्रममा मनमोहनका सचिव डा. अधिकारी, नेशनलका डा. अन्सारी, नेपालगञ्जका डा. कनोडिया लगायतले बोलेका थिए । डा. केसीको पक्षमा हिजो मात्रै माइतीघरमा प्रदर्शन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *