पुरुषहरुमा देखिने यौन दुर्बलता र समाधानका उपाय

नेपाली समाज यौनका बारेमा अझै खुल्न सकेको छैन । यसको सिधा असर यौन स्वास्थ्यमा पर्ने गरेको छ । लाजकै कारण भनौ अहिले पनि धेरै नेपालीले यौनरोगलाई लुकाइरहेका हुन्छन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग जोडेका हुन्छन् । सोही कारण रोगको उपचार समेत नगराई लुकाएर बस्ने गरेका छन् ।

डा. दीपक रौनियार कन्सल्ट्यान्ट यूरोलोजिस्ट
डा. दीपक रौनियार कन्सल्ट्यान्ट यूरोलोजिस्ट

के हो यौन दुर्बलता ?
समान्यतया, पुरुषहरुको लिङ्गमा कडापन नहुनु, यौन सम्पर्कमा समस्या आउनु तथा यौनइच्छामा नै कमी आउनुलाई यौन दुर्वलता भनिन्छ ।

यौन दुर्बलता देखिनुको प्रमुख कारण मनोबिज्ञान, तनाब, हार्मोनमा कमि र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु आदि हो ।

त्यसबाहेक व्यक्तिको खानपीन रहनसहन र जीवनशैलीले पनि यौन दुर्वलता गराउन मद्धत गर्छ ।

यौन दुर्वलता हुनुका मुख्य कारण के के हुन् ?

यौन दुर्वलताको शिकार हुनुमा धूमपान प्रमुख रुपमा रहन्छ । त्यस्तै मध्यपान, उच्चरक्तचाप, छारेरोगको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ¥हास भई यौन दुर्वलताको समस्या हुने गर्छ ।

पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौन इच्छा तथा कामशक्तिमा समेत असर पुरयाउछ ।

लाजका कारण पालिएको रोग

यौन दुर्वलता हुनु सामान्य स्वास्थ्य समस्या हो यदि समयमै उपचार गरियो भने । तर यौनका बारेमा खुलस्त कुरा गर्न नसक्ने नेपाली समाज र त्यहि समाजमा हुर्केका आम सर्वसाधारणले लाजका कारण रोग लुकाउदा समस्या बल्झिने गरेको हो ।

कतिपयले साह्रै समस्या भएपछि मानिसहरु छाला तथा यौनरोग, मनोचिकित्सक, यौन चिकित्सक, इन्डोक्रोनोलोजिस्ट कहाँ समस्या लिएर उपचारका लागि जाने गरेको पाइन्छ । तर पनि उनीहरुमा डर भय लाज र प्रतिष्ठाको विषयमा जकडीरहेका हुन्छन् ।

अझ भनौ यसले व्यक्तिगत जीवन पारिबारिक जीवन, दाम्पत्य जीवनमा समेत ठूलो असर पारिरहेको हुन्छ । यौन दुर्बलताका कारण श्रीमान श्रीमतीबीच मनमुटाव बढ्ने, विवाह गर्ने बेलामा नगर्न खोज्ने, एक खालको आफूलाई हिनताबोध गर्ने जस्ता समस्या समेत देखिन्छ ।

यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ 

यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी अर्थात महसुस गर्ने खालका हुन्छन् । सहबासबा बेला भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् ।

दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ ।

hotel, travel, relationships, and sexual problems concept - upset man sitting on the bed with woman on the back

यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपयमा गम्भीर मानसिक समस्या समेत देखिन्छ ।

त्यति माात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् ।रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभइ बिभिन्न कारणहरु छन् ।

यौन दुर्बलताका बढाउन सहयोग पुरयाउने तत्वहरु
व्यक्तिको चेतना प्रमुख कारण हो । अनी डाक्टरहरुसंग खुलेर नबोल्ने । यदि बोले पनि झस्किने अर्को कारण हो । त्यस्तै ब्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तै: मधुमेह, लिङ्गमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारे रोग, धुम्रपान र मध्यपानको सेवन, नशा च्यापिएको आदि पनि यौन दुर्बलताका कारक तत्व मान्न सकिन्छ ।

यौन शक्ति शारिरिक र मानसिक दुबैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुचि नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ । तर यौन दुर्बलताको कारण थाहा पाउन सकेमा, सोही अनुसार खानपिन तथा अन्य व्यवहारजन्य कुरामा सुधार गर्ने हो भने सहज यौनजीवनमा सजिलै फर्किन सकिन्छ ।

यौन दुर्वलता हुन नदिन के गर्ने ?

यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ ।

यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्चरक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात डिप्रेसनका औषधि लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ ।

त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुरा के हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ ।

अन्तमा ….
मोटो तौललाई घटाउने , औषधी उपचार गराउने, हेपाटाइटिस बि बिरुद्ध खोप लगाउने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने , ब्यायाम गर्ने, पोसिलो खानेकुरा खाने, । चिकित्सकसँग नियमित परामर्श लिनाले पनि यस रोगको समाधान हुन सक्दछ । समस्याको हल नै रोगको अचुक उपाय हो । रोगलाई रोकेर , लुकाएर केहि हुनेवाला छैन । बरु समाधानतिर लाग्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *