बनारस हिन्दु विश्वविद्यालयको एमबीबीएस प्रमाणपत्र पनि नक्कली, डाक्टर फरार !

image-0.02.01.f1b934a1740183e40aa874eae4bc1b5876a119b10282fa37b72ef336c006f4c1-V (2)

काठमाडौँ, २७ असार –  प्लसटू लेभलको प्रमाणपत्र नक्कली बनाई एमबीबीएस पढेको आरोपमा धेरै डाक्टरहरु पक्राउ परे । तर एक जना डाक्टरको भने एमबीबीएसको प्रमाणपत्र नै नक्कली भएको फेला परेको छ ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट सन् १९९९ मा एमबीबीएस पास गरेको प्रमाणपत्र पेश गरि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका येस्हे लोडोइ लामाको प्रमाणपत्र नै नक्कली भेटिएको हो ।

स्रोतका अनुसार लामाको एमबीबीएस नक्कली भएको भन्दै उजुरी परेपछि काउन्सिलले भारतको बनारस विश्वविद्यालयसंग आवश्यक छानवीन गर्न भन्दै पत्र पठाएको थियो । सोही अनुसार विश्वविद्यालयले छानवीन गर्दा लामाले पेश गरेका प्रमाणहरु नक्कली भएको पत्ता लागेको हो । विश्व विद्यालयले काउन्सिललाई लेखेको पत्रमा पनि लामाको कुनै रेकर्ड नभेटिएको उल्लेख छ ।

image-0.02.01.9fafea8347a6942140b4dde3af007868bb72517173daaf02d1fc0319eac60450-V

भुरौसे हुम्ला स्थायी ठेगाना भएका लामाको काउन्सिल दर्ता नम्वर ४७३४ हो । गैरसरकारी सस्थाको रुपमा झण्डै १० बर्ष देखी हुम्लामा अस्पताल सञ्चालन गर्दै आएका लामा उजुरी परेसंगै फरार रहेको बताइएको छ । उनी नेपाल प्रहरीको समेत फरार सूचीमा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “बनारस हिन्दु विश्वविद्यालयको एमबीबीएस प्रमाणपत्र पनि नक्कली, डाक्टर फरार !

  1. 2001 dekhi Higher secondary bord nepal ko bord ko nakali certificate banaye bangladesh gpt 8 bayaer gayer chha gush NMC ma diyera chhap lagayer admission liyechha .NMC and duplicate Higher secondary bord nepal certificate bala ko karbahi hunu perchha – ghusa khayera NMC KO MEBER LE padhana pataye chha .nakali certificate bala ani NMC ko member ghusa khayer pathaune lai karbahi jail pathaunu perchha…Higher secondary bord nepal ko sabai certificate check hunu perchha …

Leave a Reply

Your email address will not be published. Required fields are marked *