दौडले स्मरण शक्ति बढाउँछ : नयाँ अध्ययन

daudnu

एजेन्सी  –  धेरै अध्ययनहरुले शारीरिक ब्यायामको सम्बन्ध मस्तिष्कसंग रहेको निस्कर्षहरु निकाले पनि शारीरिक ब्यायाम र मानसिक प्रभावकारीताको ठोस प्रमाण निकालेका थिएनन् ।

एक नयाँ अध्ययनले यो कुरालाई प्रकाशनमा ल्याएको छ । ‘सेल मेटाबोलिज्म’ मा प्रकाशित अध्ययनका अनुसार दौडदा शरीरमा ‘क्याथेप्सिन बी’ नामक प्रोटिनको बहाव बढ्छ । मुसामा गरिएको सो अध्ययनले ‘क्याथेप्सिन बी’ स्मरणशक्ति बढाउने र मानसिक रुपमा सक्रिय बनाउने काम गर्छ ।

अध्ययनकर्ताले मुसाहरुलाई दुई समूहमा बिभाजित गरे । पहिलो समूहको मुसा दौडदा क्याथेप्सिन बी उत्पादन गर्न सक्ने र दोस्रो समूहले सो उत्पादन गर्न नसक्ने मुसाको स्मरणशक्तिको मापन ‘मेगरिस मेज टेस्ट’ बाट गरियो । एक हप्तासम्म नियमित अध्ययनमा क्याथोप्सिन बी उस्पादन गर्न सक्ने मुसाको स्मरणशक्ति बढी रहेको पाइयो ।

अध्ययनकर्ता हेन्रिट म्यान प्राग भन्छन् ‘अहिलेसम्म कसैले क्याथेप्सिन बी र मस्तिष्कको प्रभावकारिताको बारेमा पत्ता लगाएका थिएनन् । मुसा, बाँदर र मानिसमा गरिएको अध्ययनले यो सम्बन्ध निकालेको छ ।’

अध्ययनकर्ता अब ‘क्याथेप्सिन बी’ कसरी रगत मस्तिष्कको सिमानाबाट बहाव हुन्छ भन्ने अध्ययनको तयारीमा छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *