नरदेवी अस्पताल मध्यमवर्गका बिरामीबीच अझै लोकप्रिय

nardevi-1024x768

(गौतमवुद्व बज्राचार्य)
काठमाडौँ, ८ असार – करिब १०० वर्षअघि स्थापित नेपालको प्रसिद्ध नरदेवी आयुर्वेदिक अस्पताल सर्वसाधारण तथा मध्यमवर्गका बिरामीका माझ अझै लोकप्रिय रहेको छ ।

त्यस अस्पतालमा काठमाडौँ उपत्यकासहित सहरी क्षेत्रलगायत ग्रामीण क्षेत्रबाट उपचारका लागि बिरामी आउने गरेका छन् । १०० साधारण तथा १८ वटा विशेष क्याबिनबाट बिरामीको सेवा प्रवाह गर्ने क्षमता रहेको सो अस्पतालमा अमलपित्तका बिरामी धेरै आउने गरेका सो अस्पतालका वरिष्ठ चिकित्सक डा. शोभाराम सुवेदीले रासस प्रतिनिधिलाई जानकारी दिए ।

उनले यस अतिरिक्त कमलपित्त, फिसर ९एनाल क्यानलमा मासुको केही अंश च्यातिने, पायल्स तथा एनोटेम्परल प्रोब्लेमजस्ता रोगका बिरामी आउने जानकारी दिए । विसं १९७४ सालमा स्थापित सो अस्पताल स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालन भइआएको छ भने अस्पतालका लागि आवश्यक कच्चापदार्थ विशेषगरी स्वदेशी कच्चापदार्थ नै प्रयोग हुन्छ । अमृततुल्य तथा गुणस्तरीय कच्चापदार्थको प्रयोगबाट नपुग्ने अवस्थामा भारतसहित विदेशी मुलुकबाट पनि आयात हुन्छ ।

बिरामीले आयुर्वेदिक औषधिलाई ‘नन साइड इफेक्ट’ औषधिका रुपमा विश्वास गर्ने कुरा सही हो रु भनी रासस प्रतिनिधिले राखेको जिज्ञासामा डा. सुवेदीले भने, “यो सही होइन । धेरैजसो आयुर्वेदिक औषधिबाट साइड इफेक्ट हुँदैन । तर केही जटिल रोगका लागि प्रयोग गरिने औषधिमा विषको शोधन गरिएको तत्वबाट बनेको औषधि पनि प्रयोग हुने भएकाले यस्ता औषधिको प्रयोग गर्नुपूर्व चिकित्सकको परामर्श तथा सिफारिस अनिवार्य हुन्छ ।

बाक्ला भित्ता तथा ठूल्ठूला बिरामी उपचारक कक्ष रहेको सो अस्पताल राणाका दरबारको शैलीमा निर्माण भएका कारण कलात्मक दृष्टिले पनि आकर्षक देखिन्छ । गत वैशाख १२ मा आएको भूकम्पका कारण भवनका केही भाग चर्किएको तथा झन्डै १०० वर्ष पुरानो उक्त भवनको पुनःनिर्माणको पहल भएको छ कि भन्ने प्रश्नको उत्तरमा सो अस्पतालको प्रशासन शाखाका वरिष्ठ अधिकृत ओमकार शाहले सो अस्पतालको पुनःनिर्माण कार्य विगत दुई वर्षदेखि सुरु भएको र रु १० करोडको लागतमा ब्लक ‘ए’को निर्माण कार्य भइरहेको जानकारी दिए।

उनले ब्लक ‘बी’ र ब्लक ‘सी’को निर्माण कार्य भने सुरु भइनसकेको बताए । वरिष्ठ चिकित्सक डा. सुवेदीले कमजोर पूर्वाधार तथा अस्पतालको चारैतिरको बाटोमा रहेका घरमा टेको लगाइएका कारण त्रासका बीच उपचारका लागि आउनुपर्ने कारण विगतका वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्यामा केही गिरावट आएको बताए ।

उनले हाल दैनिक २०० को सङ्ख्यामा आउने बिरामीले सस्तो र सुलभ ढङ्गबाट गुणस्तरीय उपचार सेवा पाउने गरेको पनि चर्चा गरे ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *