अल्जाइमर बिरामीको स्मरणशक्ति फिर्ता ल्याउन सकिने : नयाँ अध्ययन

Alzeimer

एजेन्सी –  अल्जाइमर बिरामीको स्मरणशक्ति ह«ासको समस्याको समाधान बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

खाना, औषधी तथा जीवन शैलीलाई सन्तुलित बनाई हराएको स्मरणशक्ति फिर्ता ल्याउन सकिने बैज्ञानिकहरुले जनाए । दश जना बिरामीहरुमा गरिएको सानो अध्ययनले केही महिनाभित्रै स्मरणशक्तिमा सुधार आएको र दुई वर्षको अवधिमा निकै राम्रो अवस्था देखिएको पाइयो ।

अध्ययनमा समावेश कतिपय बिरामीले स्मरणशक्ति ह«ासको कारण कार्यक्षेत्रमा तनाव भोगीरहेका थिए भने कतिपयले जागिर नै छाडिसकेका थिए । सो अनुसन्धान पछि स्मरणशक्ति पुन फिर्ता आएका कारण पुन उच्च प्रभावकारिताका साथ आफ्नो काममा लागेका छन् ।

‘एजिङन’ नामक जर्नलमा प्रकाशित यो अध्ययन हराएको स्मरणशक्ति पुन फिर्ता ल्याउन सकिन्छ भने पहिलो दाबी हो ।

‘यो अध्ययन तथा उपचार ‘थेरापेयुटिक प्रोग्राम’ थियो । जसमा खाना, मस्तिष्क स्टिमुलेट, व्यायाम, निद्रा, औषधी, भिटामिन तथा अन्य मस्तिष्कलाई प्रभाव पार्ने तत्वहरुको उपयुक्त लेखाजोखा र कार्यान्वयन गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *