जिका भाइरसको प्रभाव अध्ययन गर्न ‘डव्लुएचओ’को विज्ञ समूह ब्राजिलमा

WHOवासिङ्टन, १२ जेठ –  विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले ब्राजिलको जिका भाइरसको अवस्थाको पुर्न अध्ययन गर्ने भएको छ । सो अध्ययन पछि रियो द जेनेरियोमा आगामी अगष्टमा हुन लागेको गृष्मकालिन ओलम्पिक हुने वा नहुने भन्ने बारेमा पुर्न निर्णय हुने बताइएको छ ।

यसअघि १५० भन्दा बढी चिकित्सक तथा बैज्ञानिकले ब्राजिलमा जिका भाइरसको खतरा रहेको भन्दै ओलम्पिक खेलको मिति सार्न वा स्थान परिवर्तन गर्न सुझाव दिएका थिए । तर डव्लुएचओले सो सुझावलाई वेवास्ता गरेको थियो ।

तर डव्लुएचओले केही दिन भित्र पुर्न निर्णय गर्दै विशेषज्ञलाई ब्राजिल पठाएको हो । डव्लुएचओका प्रमुख मार्गरेट चाङलेले जिकाको अध्ययन गर्न विज्ञहरुको समूह ब्राजिल पठाएको भन्दै उनीहरुले दिएको प्रतिवेदनको आधारमा सो स्थानमा खेल हुने वा नहुने भन्ने निर्णय हुने बताए ।

जिका भाइरसबाट बढी प्रभावित ब्राजिलको दोस्रो सहरमा खेलको आयोजना गर्नु गैरजिम्मेवार र अविवेकी निर्णय हुने जनाउँदै विश्वभरका १५० जना डाक्टर, वैज्ञानिक तथा अनुसन्धाताद्वारा हस्ताक्षरित डब्लूएचओलाई सम्बोधन गरिएको खुला पत्रमा मे २७ गते आगामी अगस्टमा ब्राजिलको रियो दि जेनेरियोमा हुने भनिएको ओलम्पिक खेललाई स्थानान्तरण गरिनुपर्ने वा समयमा परिवर्तन गर्न अनुरोध गरेका थिए ।

उनीहरूले रियो ओलम्पिक स्थानान्तरण नगरिएमा यसबाट अहिलेसम्म जिका भाइरसबाट प्रभावित नबनेका अफ्रिका तथा दक्षिण एसियाली मुलुकका गरिब जनतालाई असर गर्ने जनाएका थिए ।

डब्लुएचओले वरिष्ठ वैज्ञानिक तथा चिकित्सकको टोलीलाई यसअघि चारपटक अध्ययनका लागि त्यहाँ पठाइएको छ । उनीहरुको अध्ययनले जिका भाइरसका कारण ओलम्पिकको समय वा स्थान सार्नुपर्ने आवश्यकता नदेखिएको बताएका थिए ।

डब्लुएचओका महानिर्देशक चाङले विज्ञबाट आएको चासोपछि अमेरिकी सिनेटर जिनी शहिनलाई पत्र लेखी जिका भाइरसको वर्तमान अवस्था र यसबाट खेलाडी र दर्शकमा पर्नसक्ने स्वास्थ्य खतराबारे अध्ययन गरी प्रतिवेदन बुझाउन अनुरोध गरेका हुन् ।

वर्तमान अन्तर्राष्ट्रिय चासोप्रति मध्यनजर गर्दै जिका आपतकालीन समितिलाई स्वास्थ्य खतराको स्थितिबारे अध्ययन गरी गृष्मकालीन ओलम्पिक ब्राजिलको राजधानीमा आयोजना गर्नुहुने वा नहुने निचोड निकाल्न आग्रह गरेको चाङले बताए ।

ब्राजिलमा सन् २०१५ देखि अहिलेसम्म करिब एक हजार ५०० शिशु लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने जिका भाइरसबाट सङ्क्रमित भएका पछिल्लो तथ्याङ्क छ । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *