यसकारण सेवन नगरौँ चुरोट तथा सुर्तीजन्य पदार्थ

किनभने,Quitsmoking

१. तपाईँले पिउने एक खिल्ली चुरोटले तपाईँको आयु ११ मिनेटले घटाउछ ।

२. एउटा चुरोटमा ४८०० भन्दा बढी रसायनहरु हुन्छन् जसमध्ये ६९ वटा क्यान्सर रोग लगाउन सहयोग गर्ने खालका हुन्छन ।

३. चुरोट, अल्कोहलको सेवन कम गर्नाले मात्रै क्यान्सर लाग्ने सम्भावना ३० प्रतिशतले कम भएर जान्छ ।

४. चुरोटमा हुने निकोटिनले शरीरमा कोलेस्टेरोलको मात्रा बढाउछ ।

५. चुरोट पिउनाले हृदयघात हुने सम्भावना दोब्बर हुन्छ ।

६. संसारभर जति जनाले चुरोट सेवन गर्छन ती मध्य आधाको मृत्यु चुरोटको सेवनकै कारणले हुने गरेको छ ।

७. चुरोट पिउने व्यक्तिमा छालाको समस्या हुन्छ । जस्तो कि चाउरी पर्ने, सुख्खा हुने आदि ।

८. चुरोट सेवनले जिब्रोको स्वाद लिने क्षमता र नाक को सुघ्ने क्षमता कमजोर हुँदै जान्छ ।

९. गर्भवती महिलाले चुरोट पिउनाले संसारभर बार्षिक ५००० बच्चा पेट मै मर्छन । त्यसैगरी जन्मेको बच्चामा पनि सुस्त मनस्थितीको हुने, कम तौल को बच्चा जन्मिने , मस्तिस्कको खराबी हुने र जन्मेपछि मर्ने संभवाना पनि बढी हुन्छ ।

१०.  चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने पुरुषहरुमा वीर्य उत्पादन क्षमता  घट्दै जान्छ । महिलाहरुमा बाझोपनाको सम्भावना दोव्वरले बढेर जान्छ

११. सूर्तीजन्य पदार्थको सेवनका कारण संसारभर हरेक ६ सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । र सो संख्या जोडदा बर्षभरीमा करीव ६० लाख पुग्न आउछ ।

१२. सुर्तीजन्य पर्दाको सेवनकै कारण नेपालमा बर्षेनी २५ हजार व्यक्तिको ज्यान जाने गरेको छ ।

(यति मात्रै कहाँ हो र चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनले यी बाहेकका कैयौँ स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।   हामी यसलाई क्रमस ल्याउदै जानेछौँ । तर त्यो भन्दा पहिले तपाईँ यदि चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्दै हुनुहुन्छ भने कृपया आजैबाट छोड्नुहोस । तपाईँका परिबारका सदस्य वा साथीभाईहरुले सेवन गर्नुहुन्छ भने पनि छोडाउने प्रयास गर्नुहोस । किनकी चुरोट छोडनुको विकल्प छदै छैन ।)

  • एजेन्सीको सहयोगमा 
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *