तीन बर्ष भित्र ७५ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम ! होला त कार्यान्वनय ?

MoHP-Nepalकाठमाडौँ,१५ जेठ – तीन बर्ष अघि तीन जिल्लाबाट सुरु गर्ने गरी घोषणा भएको स्वास्थ्य बीमा कार्यक्रम यसबर्ष सुरु भएको छ । यो आर्थिक बर्ष सकिदासम्म दुई जिल्लामा सुरुवात मात्रै हुने देखिएको छ ।

तर अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन बर्ष भित्र ७५ वटै जिल्लामा सो विमा कार्यक्रम लागू गर्ने बताएका छन् । शनिबारको बजेट भाषणमा उनले यसबर्ष २५ जिल्लामा यो कार्यक्रम लागू गर्ने र आगामी तीन बर्ष भित्रमा ७५ वटै जिल्लामा पुरयाउने बताएका हुन् । त्यसका लागि २ अर्व ५० करोड रुपैया विनियोजन गरेका छन् ।

त्यसो त तीन बर्ष अघि तीन जिल्लामा कार्यक्रम घोषणा गरेको सरकारले दुई बर्ष अघि थप १० जिल्ला समेत कार्यक्रम सञ्चालन गर्न घोषणा गरेको थियो । तर कार्यन्वयन भने हुन सकेको थिएन ।

बीमा सञ्चालन गर्न गठित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले सुरुमा छुट्याएको तीन जिल्लामा मंसिर सम्म सम्पन्न गरी बाँकी १० जिल्लामा कार्यक्रम अघि बढाउने योजनामा रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *