गर्मीका बेला आँखामा देखिने समस्या र समाधानका उपाय

डा. आनन्द कुमार शर्मा, बरिष्ठ नेत्र विशेषज्ञ , विपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगञ्ज
प्राडा आनन्दकुमार शर्मा, बरिष्ठ नेत्र विशेषज्ञ

गर्मीमात्रै होइन अव विस्तारै बर्खायामको समय समेत सुरु हुन लागेका छ । हिजोआज  घाम चर्किन र पानी दर्किन बेरै नलाग्ने । यो समय हाम्रो स्वास्थ्यलाई प्रतिकुल बनाउने भाइसर तथा व्याक्टेरियाहरु बढी सक्रिय हुने र फैलने बेला पनि हो । यतिवेला शुद्ध खानेकुरा र स्वस्थ व्यवहार अपनाइएन भने विभिन्न खाले सरुवा रोगको सिकार हुन सकिन्छ ।

गर्मी मौसममा आँखाको समस्या अन्य मौसमको तुलनामा अत्यधिक हुन्छ । खास गरी यो मौसममा ‘भाइरल कन्जेन्टीबाइटिस र व्याक्टेरियल कन्जन्टीबाइटिस’ संक्रमण पनि बढने गर्छ जसलाई हामी सर्ने रोग भनेर पनि चिन्छौ ।

भाइसर तथा व्याक्टेरियाको माध्यमबाट आँखा पाक्ने, चिलाउने, चेप्रा लाग्ने, रातो हुने आदि अवस्था आउन सक्छ । भाइरलका कारणले सो अवस्था आएको छ भने संक्रमित व्यक्तिले प्रयोग गर्ने बस्तुबाट अर्को व्यक्तिलाई सर्न जान्छ ।

अझ स्पष्ट भनौ आँखा पाकेको व्यक्तिले प्रयोग गर्ने रुमाल अर्को व्यक्तिले चलाएको खण्डमा सिधै सर्न सक्छ । त्यसैले त्यस्ता बिरामीसंग हेलमेल हुँदा अलि होसियारी अपनाउनु पर्छ । आँखामा यस्ता खाले संक्रमण देखियो भने तुरुन्त आँखाका डाक्टर तथा विशेषज्ञलाई देखाउनु पर्छ । नकी औषधि पसलबाट किनेर आफै औषधि प्रयोग गर्ने ।

जे पायो त्यहि औषधि प्रयोग गर्दा आँखामा थप संक्रमण भई दृष्टिनै पनि गुम हुन सक्छ । के कारणले समस्या भएको त्यो पत्ता लगाउने तिर नलागी आफै औषधि गर्न थालेमा त्यसले थप समस्या बढाउछ । किनभने आँखा संवेदनशील अंग हो । अन्दाजले औषधि गर्नु हुदैन ।

eyes-checked-regularly

काठमाडौँ उपत्यकाको बाताबरणले आँखालाई पार्ने समस्या :

यतिवेला काठमाडौ उपत्यकाका शहरी क्षेत्र मुख्यबाटो तथा गल्लीहरु हेर्ने हो भने उपत्यका निर्माणाधीन शहर हो कि जस्तो लाग्छ । जताततै घरहरु भत्केका छन् । भत्काइएका छन् । यसले पहिल्यै प्रदुशित उपत्यकाको बाताबरणमा थप मलजल गरेको छ । धुलो धुवाले प्रदुशित बायुमण्डलमा उपत्यकाको सडक विस्तार योजनाले ‘सस्पेडिक पार्टिकल’हरु थप्ने काम गरेको छ ।

बायुमण्डलमा घुमेका धुलाका कण तथा पाटिकल्सहरु सिधै आँखामा टासिन पुग्छ । जव त्यो पाटिकल्सहरु आँखामा लामो समय रहन्छ त्यसबाट इन्फेक्सन हुन्छ र घाउ बनाउछ । जसको आँखामा त्यसरी घाउ बन्छ उसको समयमै सही उपचार हुन सकेन भने बढदै गई आँखाको ज्योति नै गुम्न सक्छ ।

गर्मीको समयमा तामक्रम बढदा आँखामा आसुको मात्रा कम हुन्छ । जसले गर्दा आँखाको भित्री भाग सुख्खा हुन जान्छ । साइकल तथा मोटरसाइकल चलाउदा होस या पैदलै हिडदा प्रदुशित बाताबरण हामीतिर आकर्षित भइरहेका हुन्छन् ।

खुल्ला आँखामा ति प्रदुशित धुलाहरु सहजै ठोकिन्छन र टासिन्छन पनि । यस्ता प्रदुशित धुलाका कणले आँखाको भित्रीभागमा टासिइ डयामेज गराउनुको साथै परेलीमा समेत चाया पार्न सक्छ । गर्मीकै बेला जव आशुका स्रोतहरु कम हुदै जान्छन त्यतिनै बेला बढी धुलो हुने र चाया पनि पर्नसक्ने हुनाले बढी इन्फेक्सन देखिने गरेको हो ।

हाम्रो प्रत्येक पटकको आँखा झिम्काईमा ‘ल्याक्टीमल ग्लाण्ड’बाट आशु आई रेडिनालाई भिजाउछ । तर धुलो बढदै जादा तथा सफा गर्न नसक्दा त्यसले चाया बढाई आशु झर्ने ग्लाण्डका प्वालहरु नै बन्द गराउन सक्छ । यसले गर्दा आँखा सुख्खा हुने र सफा नहुने हुन्छ । जसबाट आखामा संक्रमण सुरु हुन्छ ।

के गर्ने त ?

तरिका सजिलो छ । सबैभन्दा पहिले बाहिर वा धुले बाताबरणमा गएर आइसकेपछि खाने पानी अर्थात शुद्ध पानीले मुख /आँखा धुने । यो एक पटक वा दुई पटक मात्रै होइन । पटक पटक धुने । यसले आखामा टासिएका तथा जमेका र परेलीका फेदमा जेलिएका फोहर तथा चायाहरुलाई हटाउने मद्धत गर्छ । जव आँखामा फोहर छैन भने संक्रमण हुने मौका पनि कम हुन्छ ।

अर्को कुरा आँखामा प्रयाप्त रुपमा आशु आउनु पर्छ । प्रत्येक झिम्काईमा आशु आई जमेका फोहरहरु बगायो भने आँखा सफा हुन्छ । त्यसका लागि हरेक दिन प्रसस्त पानी खानु पर्छ । पानी जति धेरै खायो आशु पनि त्यतिनै बढी आउछ । आशु जति बढी आउछ त्यसले आँखालाई सफा गर्ने काम गर्छ ।

कम्प्युटर तथा टिभि हेर्दा वा बढदा खेरी एकोहोरो नहुने अर्थात हरेक आधि आधी घण्टा जस्तोमा फ्रेस हुने । उठने हिडने सकेसम्म हरियाली बाताबरण वा स्वच्छन्द बाताबरणमा जाने र फ्रेस हुने । यसले आँखाको एक्ससाईज हुन्छ । एकोरिएका आँखाहरु झिम झिम गर्न थाल्छन र आशुले आँखा धोइरहेको हुनेछ ।

साइकल , मोटरसाइकल चलाउदा होस या पैदल हिडदा बढदो सवारी साधन, उद्योग तथा कलकारखाना सञ्चालन हुने क्षेत्रमा भएका ठाँउमा जाँदा आइप्रोटेक्ट ग्लास लगाउनु जरुरी हुन्छ । मोटरसाइकल ड्राइभ गर्नेले भाइजर लगाउदा आँखामा सिधै हावा पर्न पाउदैन र सुख्खा हुने कामबाट बच्दछ ।

कहिले काही आँखामा केही बस्तु परेर विजायो भने वा रातो भयो भने अस्पताल लैजाननै टाढा छ भने आँखामा सफा पानी संगै आमाको दुध पनि हाल्न सकिन्छ । दुधले आखा पोल्ने कामलाई सित्तल गराउछ । त्यसमा पोशक तत्व पनि हुन्छ । दुध आमाको निचरेर हाल्न मिल्छ । अन्य कुरा हाल्नु हुदैन ।

के गर्नु हुदैन ?

आँखा दुख्यो भनेर आफै मेडिकल गई डाक्टरी परीक्षण बीना औषधि किनेर नहाल्ने । टियर ( आशु) जस्तै झोल हुन्छ जसको आँखा सुख्खा छ उसलाई प्रयोग गर्न सकिन्छ । त्यो बाहेक स्टोरेज एन्टीबायोटिक तथा सेल्फ मेडिकेशन गर्न हुदैन ।

सुख्खा आँखा छ भने सिधै एयर कन्डीसन चलाएर बस्न हुदैन , प्रत्यक्ष रुपमा पंखा मुनी बस्दा पनि आँखा थप सुख्खा हुन मद्धत गर्छ । जाडोमा हिटर ताप्दा पनि आँखामा असर गर्छ । त्यसैले यस्ता कुराहरुको ख्याल राख्नुपर्छ ।

आँखा पाकेको व्यक्तिले प्रयोग गर्ने लुगा तथा रुमालहरु अर्को व्यक्तिले राम्ररी निर्मलीकरण नगरी प्रयोग गर्नु हुदैन । चेप्रा आईरहयो, रातो भइरहयो, वा दुखिरहयो भने नेत्ररोग विशेषज्ञको सल्लाह लिन ढिला गर्नु हुदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *