दक्षिण सुडानमा फैलिएको रोग इबोला होइन ह्यामरेजिक फिवर हो : डब्लुएचओ

WHOएजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण सुडानमा फैलिएको भनिएको अज्ञात रोग इबोला र मारवर्ग भाइरस नभई ह्यामेरेजिक फिवर रहेको जनाएको छ । गत फेब्रअरीमा दक्षिण सुडानको उत्तरपूर्वी क्षेत्र अबेलीमा फैलिएको अज्ञात रोगले १० जना बढीको ज्यान गएको थियो ।

इबोला र मारवर्ग भाइरसको जस्तो लक्षण देखिएपछि डब्लुएचओले ५१ जना विरामी व्यक्तिबाट रगतको नूमना लिएको थियो । जसमध्ये ४० जनामा हेमोरेजिक फिवर देखिएको तर इबोला र मारवर्ग भाइरसको एउटा पनि केश नभेटिएको डव्लुएचओले विहीबार जारी विज्ञप्तीमा जनाएको छ ।

बिरामीहरूमा प्राय रक्त स्राव हुने, ज्वरो आउने, शरीर गल्ने र अत्यन्तै कमजोर एवम् महसुस हुने, टाउको दुख्ने र वान्ता आउनेजस्ता लक्षणहरू देखिएको थियो ।

डव्लुएचओले परीक्षणका लागि लगिएका नमुनाको परीक्षण एवम् अनुसन्धानबाट उपचारमा समयमा नै ध्यान दिन सके रोग खासै भयानक र छिट्टै फैलिने खालको नभएको दावी गरेको छ ।

दक्षिण सुडानमा दुई वर्षको गृहयुद्धपछि यहाँका करिब ५० लाख नागरिक बाँच्नका लागि दाताहरूको सहयोगमा निर्भर रहनु परेको छ । शान्ति सम्झौता भएपनि सुडानमा हिंसा घटनामा सुधार आउन सकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *