टिचिङ अस्पतालको करार नर्सको परीक्षा १५ जेठमा ( परीक्षा केन्द्र सहित )

काठमाडौँ ७ जेठ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले करारमा लिन लागेको ६० जना स्टाफ नर्सको लिखित परीक्षा आगामी १५ जेठमा लिने भएको छ ।

विहान ९ बजे देखी सञ्चालन हुने परीक्षाका लागि पद्यकन्या क्याम्पस, शंकरदेव क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा परीक्षा केन्द्र तोकिएको छ ।

अस्पतालले एक बर्षे करारका लागि गत १७ बैशाखमा सूचना प्रकाशित गरि दरखास्त आवहान गरेको थियो ।

थप जानकारीका लागि हेर्नुहोस सूचना:

tu retten

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *