अब स्वास्थ्य चौकीबाटै कपर्टी र नरप्लान्टको सेवा दिने तयारी

norplant_large

काठमाडौँ, ३ जेठ – महिलाहरुले लामो समयसम्म प्रयोग गर्न मिल्ने परिवार नियोजनको अस्थायी साधन कपर्टी ( आयुडी) तथा नरप्लान्ट( इम्प्लान्ट) को सेवा अव स्वास्थ्य चौकीबाट पनि हुने भएको छ ।अहिलेसम्म स्वास्थ्य चौकीमा अस्थायी साधनहरु डिपोप्रोभेरा सुई, खानेचक्की पिल्स र कण्डम वितरण हुने गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिबार नियोजन महाशाखाका उपनिर्देशक डा झलक शर्मा गौतमले सो जानकारी दिएका हुन् । अस्थायी साधनहरु कण्डम, पिल्स तथा डिपो सुई कतिपयले झन्डटिलो मान्ने गरेको र कतिपय अवस्थामा त्यसको नियमितता नहुने गरेको भन्दै लामो समय प्रयोग गर्न मिल्ने इम्लान्ट र कपर्टी सेवा समेत सुरु गर्ने तयारी भएको बताए ।

परिवार नियोजनका साधन प्रयोग नगरेकै कारण नेपालमा अनिच्छुक गर्भ रहेको भन्दै बार्षिक ७८ हजार बढीले गर्भपतन गराउने गरेको सरकारी तथ्यांकमा उल्लेख छ । त्यसमध्ये करीब २ प्रतिशतलाई जटिलता देखिएको अध्ययनले देखाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *