एकीकृत चिकित्सा शिक्षा मस्यौँदा प्रति निजी मेडिकल कलेजको आपत्ति

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, ३१ बैशाख चिकित्सा शिक्षा आयोगले सरकारलाई बुझाएको एकीकृत चिकित्सा शिक्षा ऐनको मस्यौँदा प्रति एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आपत्ति जनाएको छ ।

उसले आयोगले बुझाएको मस्यौदा स्वदेशी मेडिकल कलेज बन्द गर्ने र विदेशी मेडिकल कलेजलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाएको छ ।आयोगले हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मस्यौैदा बुझाएको थियो ।

एसोसिएसनका अध्यक्ष डा भोला रिजालद्धारा शुक्रबार विज्ञप्तीमा आयोगका पदाधिकारीहरुले विज्ञ र सरोकारवासंग कुनै छलफल नगरी हचुवाको भरमा एकपक्षीय ढंगले प्रतिवेदन सरकारलाई बुझाएको आरोप लगाइएको छ । उसले आयोग गठन प्रक्रियासमेत गलत भएको दावी गरेको छ ।

“समिति गठन प्रक्रिया देखिनै हामीले पटक पटक विरोध स्वरुप सम्बन्धित निकाय माझ समिति स्वच्छ र निस्पक्ष नभएको र विधेयकमा उल्लेखित अधिकांस बुदाहरुमा पुनरावलोकन गर्नुपर्छ भनेर जानकारी गराउँदै आएको कुरा सर्वबिदितै छ तर त्यसको बेवास्ता गरि हचुवाको भरमा प्रतिवेदन बुझाएको छ । यसमा हाम्रो घोर आपत्ती प्रकट गर्दछौँ” प्रतिवेदनमा भनिएको छ ।

एसोसियसनले अहिलेको प्रतिवेदन पुनरावलोकन नगरिए नेपाली विद्यार्थीलाई स्वदेशमा अध्ययन गर्न पाउने उनीहरुको नैसर्गिक अधिकारलाई बन्चित गर्ने र अर्बौँ रुपैया नेपाल बाहिर जाने दावी गरेको छ । उनले हिजो बुझाएको मस्यौदा विदेशी मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्रेरित रहेको भन्दै आफुहरुलाई कुनैपनि कोणबाट मान्य नहुने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *