ट्राफिक प्रहरीलाई अक्सिजन ग्यास

lead_largeकाठमाडौँ (२८ बैशाख)– शङ्करअक्सिजन ग्यास प्रालिले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पाँच थान अक्सिजन ग्यास उपलव्ध गराएको छ ।

सडकमा काम गर्दा धेरै धुवाँधुलो खान बाध्य ट्राफिक प्रहरीलाई थोरै समय भए पनि स्वच्छ हावा दिने उद्देश्यले अक्सिजन ग्यास सहयोग गरेको कम्पनीले जनाएको छ ।

शङ्कर ग्यासका प्रोपाइटर शङ्करलाल अग्रवालले हिजो महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई सो ग्यास हस्तान्तरण गरेका थिए । एक थान सिलिन्डरबाट २० घन्टासम्म अक्सिजन लिन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *