सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय के-के परे ?

1

काठमाडौँ (२६ बैशाख)- सरकारले आर्थिक बर्ष २०७३/०७४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । सो क्रममा आएका स्वास्थ्य कार्यक्रमहरु यसप्रकार छन् ।

  •  दुर्गम ठाँउमा सघन आकस्मिक प्रसुति सेवा एवं नवजात शिशु सेवा ७५ वटै जिल्लामा क्रमस विस्तार गरिनेछ ।
  • राष्ट्रिय स्वास्थ्य बीमा लाई स्वास्थ्य सुरक्षाको अभिन्न अंगको रुपमा अघि बढाइने छ ।
  • आयुर्वेद अन्य पुरक चिकित्सा सेवा र आधुनिक चिकित्सा सेवालाई एकद्धार प्रणालीमार्फत अघि बढाइनेछ ।
  • आयुर्वेदिक औषधिको विश्वसनीयतका लागि सिंहदरबार बैद्य खानामा समुचित उत्पादन प्रक्रिया अपनाइनेछ ।
  • अस्पतालहरुको भौतिक व्यवस्थामा सुधार ल्याउन स्रोत साधनमा बृद्धि गर्नुका साथै अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन औषधि व्यवस्था विभागको प्रयोगशाला सुध्रिणीकरण तथा फार्मेसीको अनुगमन औषधिको गुणस्तर र मूल्य नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।
  • महिला स्वास्थ्य स्वयंसेविकाको सामाजिक योगदानको कदर गर्दै उनीहरुलाई प्रदान गरिदै आएको प्रोत्साहन खर्चमा बृद्धि गरिनेछ । उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ ।
  • स्वास्थ्य सेवामा स्वयंसेवी संस्था हरुलाई उत्प्रेरित गरिनेछ ।
  • बालबालिकाको उचित पालनपोसनबाट मात्र स्वस्थ नागरिक हुने भएकोले सुरु गरिएको बाल संरक्षण कार्यलाई क्रमस मुलुकभरका सबै बालबालिकाहरुलाई समेटने गरी विस्तार गरिनेछ ।
  • महिला बालबालिका तथा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • जेष्ठ नागरिक दीर्घसेवा सम्मान तथा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिनेछ
  • बृद्ध बृद्धाहरुका लागि दीवा सेवा केन्द्र स्थापना गर्न सामुदायिक संस्थाहरुसंग सहकार्य गरिनेछ ।
  • परम्परागत रुपमा रहेका सामाजिक कुरुती कुप्रथा विरुद्धको अभियानलाई निरन्तरता दिइनेछ ।
  • पूर्ण अशक्त र अपांग भएको व्यक्तिको परिबारको लागि एक जना सदस्यलाई हेरचाह सम्वन्धी र रोजगारमुलक तालिम उपलव्ध गराइनेछ ।
  • सशस्त्र द्वन्द्व र आन्दोलनमा घाइते भएकाको उपचार र राहतको उचित व्यवस्था गरिनेछ ।
  • सबै प्रदेशमा निजामति सेवा अस्पताल विस्तार गरिनेछ ।
  • आगामी तीन बर्ष भित्र अधिकांश अस्पताल र स्वास्थ्य चौकीहरुको पुनर्निर्माण गर्नेगरी काम तीब्र पारिने छ ।
  • आधारभूत औषधि तथा स्वास्थ्योपचारका उपकरणहरुको उत्पादन बढाई औषधि उपचारमा आत्मनिर्भर हुने र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारको प्रयास रहने छ ।
  • सामाजिक सुरक्षाका लागि अन्य समुदायको हकमा हाल कायम ७० वर्षको उमेरलाई ६५ बर्ष कायम गरिनेछ ।
  • उपभोक्ताको हित संरक्षण गर्न सबै खाद्य सामग्रीका प्याकेटमा अधिकतम बिक्री मूल्य उत्पादन र उपभोग्य मीति प्रयोग भएको कच्चा पदार्थ र पोषणको अवस्था खुलाउनुपर्ने कानूनी व्यवस्था गरिनेछ ।
  • सबै जनताका लागि आगामी दुई बर्ष भित्र आधारभूत रुपमा स्वच्छ खानेपानी तथा सरसफाई कार्यक्रमहरु सञ्चालन गरिनेछ । भूकम्प लगायतका प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाईका संरचनाको पुर्ननिर्माणलाई उच्च प्राथमिकता दिइनेछ ।
  • विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाको कार्य आरम्भ गरिनेछ ।
  • पत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच हुने मौलिक हकलाई कार्यान्वनय गर्न सरकार प्रतिवद्ध रहनेछ ।
  • निशुल्क आधारभूत स्वास्थ्य सेवा, औषधि वितरण मातृ तथा नवजात शिशु बाल स्वास्थ्य प्रजनन स्वास्थ्य तथा सुरक्षीत माृतृत्वमा जोड दिइनेछ ।
  • सुनौलो हजार दिन कार्यक्रम सघन रुपमा अघि बढाइनेछ । साथै सघन आकस्मिक प्रसूति सेवा एवं नवजात शिशु सेवा सेवा ७५ जिल्लामा क्रमस विस्तार गरिनेछ ।
  • आधारभूत औषधि तथा स्वास्थ्य उपचार उपकरणहरुको उत्पादन बढाई औषधि उपचारमा आत्मनिर्भर हुने र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारको प्रयास रहनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *