तिम्ल्याहा मध्ये दुई दिदी बहिनीको जोडियो टाउको, छुट्याउने तयारी

twin1

जकार्ता (इन्डोनेसिया) – टाउको जोडिएका इन्डोनेसियन जुम्ल्याहा दिदी बहिनीलाई अप्रेसन गरी अलग अलग गर्ने तयारी भएको छ । किप्टो मङगुनकुसमो अस्पतालमा उनीहरुको टाउको अलग अलग गर्ने तयारी भएको हो ।

गत २१ जनवरीमा इन्डोनेसियाको लान्जुङ्गपिङ्नाग रिजनल जेनेरल हस्पिटलमा तिम्ल्याहा जन्मिएका थिए । जसमध्ये एक स्वस्थ र अलग छिन् भने दुई दिदीबहिनीको टाउको जोडिएको थियो । टाउको जोडिए पनि जुम्ल्याहा ददी बहिनी नदिरा अलिका पुत्रि र नदिबा आइसा पुत्रिको मस्तिष्क भने अलग अलग भएको चिकित्सकले बताएका छन् ।

जुम्ल्याहाका बाबुआमा सिटी नुरयानिङ्गसि र जुआर्नस् प्राना डिनाटा अहिले छोरीहरु छुट्याउने सो अप्रेशनको प्रतिक्षामा छन् । बाबु डिटाना भन्छन्, ‘छोरीहरु स्वस्थ छन् तर उनीहरुको सुखद भविस्यको लागि उनीहरुलाई छुट्याउनैपर्छ हामी अलग अलग छोरीहरु देख्न चाहन्छौँ ।’

उनले तिम्ल्याहा छोरीहरु जन्मदा र ती मध्ये दुईको टाउको जोडिएको देख्दा त्यतिखेरै डाक्टरहरु अचम्मित भएको बताए । टाउको जोडिएको भए पनि यी दुईको बानी ब्यवहार भने फरक छ ।

‘एउटा सुतेको बेला अर्को खेल्न चाहन्छे । दुई अलग अलग रुपले खेल्न खोजिरहेका हुन्छन् तर सक्दैनन् । दुबैलाई अप्ठ्यारो परेको छ,’ आमा भन्छिन् ।

twin

जुम्ल्याहाको टाउको छट्याउने अपरेसन किप्टो मङगुनकुसमो अस्पतालमा गर्ने तयारी छ । तर शल्यक्रिया हुनु अगाडि तिनीहरु कम्तिमा पनि १० किलो हुनु आवश्यक रहेको डाक्टरहरु बताउँछन् ।

अबको करीव ६ दुखि ८ महिनामा बच्चाको आवश्यक तौल पुग्ने अनुमान छ ।करीव २ लाख जन्ममध्ये एकमा जोडिएको बच्चा जन्मने संभावना हुन्छ । जोडिएका जुम्ल्याहाको ४० देखि ८० प्रतिशत पेटमै मरेर जन्मिन्छन् । भने ३५ प्रतिशत एक दिन मात्रै बाँच्ने तथ्याङ्कले देखाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *