हुम्लामा सातामै १० को मृत्यु

humlaहुम्ला – एक साता देखि फैलिएको अज्ञात रोगका कारण हुम्लाका एकै घरका तीन सहित १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याँडा – ५ का भजने रोकाया र भ्याल्नी रोकाया, स्याँडा ४ की लामती बुढा, भद्रबीर बुढा, ढोली बुढा र धनराज बुढा भएकोे स्थानीय छक्क बहादुर बुढाले बताए । उनका अनुसार मृत्यु हुनेमा १९ देखि ७२ बर्षसम्मका छन् ।

त्यस्तै राया गाविसमा  सिरे रावल, उनकी श्रीमती लाटी रावल, जस रावल र उनकी श्रीमती चिनकली रावल, विष्णु रावल रिउली रावल, सर्वजित रावलको मृत्यु भएको रायाका पूर्व गाविस अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।

यो रोग लागेपछि सुरुमा नाक कान थुनिएको जस्तो हुँने, ज्वरो आँउने र विस्तारै खाँन मन नलाग्ने गरेको पिडीतहरु बताउछन् । रोग ती दुई गाविसमा गत ७ बैशाख देखि फैलिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले राया र स्याँडामा औषधीसहितको स्वास्थ्यकर्मीको टोली पठाइसकेको बताए ।

  • आजको नयाँ पत्रिका दैनिकमा नवराज महताराको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *