त्रिविको पोष्ट ग्राजुएट्स(पीजी)कोटा घट्यो, गतवर्ष भन्दा ४० सीट कम (सीट संख्या सहित)

रामप्रसाद न्यौपाने/काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले शैक्षिक सत्र २०७२/७३ (२०१६) का लागि त्रिभुवन विश्वविद्यालयब अन्तर्गतका चारवटा मेडिकल कलेजलाई पोष्ट ग्राजुएटस ( पीजी) तहको अध्ययन गराउने सीटको अन्तिम टुंगो लगाएको छ ।

चारवटा कलेजको कुल सीट गणना गर्दा यसपटक गतवर्ष भन्दा ४० सीट कम प्राप्त भएको छ । गतवर्ष चारवटा मेडिकल कलेजले कुल १९४ सीटमा पीजी अध्ययन गराएका थिए । यो बर्ष सो संख्या घटेर १५४ मा झरेको छ ।

नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार यसपटक सबैभन्दा बढी सिट कटौती बीरगञ्जस्थित नेशनल मेडिकल कलेजको भएको छ । गतवर्ष ३६ सीट पाएको नेशनल मेडिकल कलेजले यसपटक १४ सीट मात्रै प्राप्त गरेको छ । तर काठमाडौँको पिपुल्स डेन्टल मेडिकल कलेजको भने सीट यथावत रहेको छ । पिपुल्सको अघिल्लो बर्ष जस्तै यसपटक पनि ११ सीट रहेको छ ।

गतवर्ष सबैभन्दा बढी सीट प्राप्त गरेको चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले यसपटक पनि सबैभन्दा धेरै सीट पाएको छ । यद्धपी गतवर्ष भन्दा ९ सीट कम प्राप्त गरेको छ । गतवर्ष पीजीका लागि १०९ सीट प्राप्त गरेको आइओएमले यसपटक भने १०० सीट मात्रै प्राप्त गरेको छ ।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले पनि यसपटक गतवर्ष भन्दा ९ सीट कम प्राप्त गरेको छ । गतवर्ष सो कलेजमा ३८ कोटा थियो भने यसपटक घटेर २९ कोटामा झरेको छ ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार कलेज पूर्वाधार, फ्याकल्टी, सर्भिसेज, बेड अकुपेन्स तथा एकेडेमिक क्रियाकलाप लगायतका विभिन्न सूचकका आधारमा नयाँ सीट निर्धारण हुन्छ । त्यसमा कमजोर देखिएका कलेजहरुको सीट घटेको हो ।

प्रवक्ता डा. अधिकारी भन्छन्, ‘काउन्सिलले यसपटक स्वतन्त्र विज्ञ टोलीलाई कलेज अनुगमन गर्न पठाएको थियो । उनीहरुले ल्याएको प्रतिवेदनलाई उच्चस्तरीय समितिले अध्ययन गरी दिएको सिफारिसलाई काउन्सिलको पूर्ण बैठकले स्वीकृत गरेको हो ।”

कुन कलेजले के विषयमा कति सिट पाए ?

Untitled copy

नेपाली हेल्थ डटकमको सामग्री सहज रुपमा प्राप्त गर्न हाम्रो फेसबुक पेजको यो लिंक https://www.facebook.com/nepalihealth/ मा गई लाइक गर्नहुन अनुरोध छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *