कसरी गर्ने कलेजोसम्वन्धि रोगको निदान तथा व्यवस्थापन ?

- नेपाली हेल्थ
डा. खगेन्द्र ब. बम, आयुर्वेद चिकित्सक
डा. खगेन्द्र ब. बम, आयुर्वेद चिकित्सक

कलेजो (Liver) सम्बन्धी कुनै पनि समस्या आइपरेमा आयुर्वेदिक चिकित्सा पद्धतिमा विश्वास गरेर उपचारार्थ आउने विरामीको संख्या संख्या उल्लेख्य छ । तसर्थ  कलेजो सम्बन्धी रोगहरु र आयुर्वेद एक अर्काको हो भन्दा अतिशयोक्ति नहोला ।

आयुर्वेदका प्राचिन ग्रन्थहरु चरक, सुश्रुत, संहिताहरुमा कलेजोको संरचना एवं सो अंगमा लाग्ने रोगहरु, निदान प्रकृया एवं उपचारको विशद ढंगबाट व्याख्या र विवेचना भएको पाइन्छ ।

संसारकै सबैभन्दा पुरानो र नेपालको मौलिक चिकित्सा पद्दतिको रुपमा रहिआएको आयुर्वेद विभिन्न कालखण्डहरु पार गर्दै हालको अवस्थासम्म आइपुगेको छ र हालको सन्दर्भमा आयुर्वेद चिकित्सा पद्दतिलाई अझ वैज्ञानिक, प्रामाणिक र युक्तिसंगत बनाउनु परेको छ ।

आजको एक्काइसौं शताब्दी भनेको तथ्यहरु लाई आधारमा आफूलाई स्थापित गर्ने युग हो । आयुर्वेद चिकित्सापद्दतिलाई समयानुकूल युक्तिसंगत प्रमाणयुक्त चिकित्सा  (Evidence-based Medicine) बनाउनलाई आधुनिक नैदानिक उपकरणहरु  (Modern Diagnostic Tools) को आधारमा औचित्य सावित गर्नुपर्ने हुन्छ ।

नेपालको आयुर्वेदको Referral Centre को रुपमा रहेको नरदेवी आयुर्वेद चिकित्सालयमा आउने कलेजोको रोगीको संख्या उल्लेख्य रहेको छ । कलेजोसम्बन्धी सामान्य रोग हेपाटाइटिस ‘ए’ देखि लिएर लिभर सिरोसिस, कलेजोको क्यान्सरका विरामीहरु उपचारको लागि आउने गरेका छन् ।liver cirosis

“जन्डिस” आफैमा रोग नभएर विभिन्न रोगहरुको एउटा लक्षण हो र त्यसमध्ये हेपाटोसेलुलर, हेमोलाइटिक र अब्स्ट्रक्टिभ तीन वटैको Clinical feature लिएर रोगीहरु आउने गरेका छन् । त्यसैले यी विविध रोगहरु एवं लक्षण समूहलाई समयमा चिन्न सकेर सोही अनुरुपको उपचार एवं व्यवस्थापन तर्फ लाग्नु आवश्यक छ । यस लेखमा नरदेवी आयुर्वेद चिकित्सालयमा आउने हेपाटाइटिसहरुबारे सामान्य जानकारी दिने प्रयास गरिएको छ ।
हेपाटाइटिस ‘ए’ : Faecoral Route बाट सर्ने गर्छ र बढीजसो बच्चाबच्ची यसबाट संक्रमित हुन्छन् । यसमा कलेजोले मेटाबोलिजम  काम गर्न सक्दैन किनभने Liver Sluggish हुन्छ । यसमा भूई अमला, गुडुची, पुनर्नवा आदि मिश्रित औषधीले कलेजोमा रहेका UDP-Glucuronosyl Transferase को प्रभावकारीतालाई बढाउने काम गर्दछ र Jaundice मा हुने अत्यधिक  Bilirubin लाई घटाउन सहयोग पु¥याउँछन् ।

त्यसैले हेपाटाइटिस ‘ए’ मा गरिने आयुर्वेदिक उपचार वैज्ञानिक, युक्तिसंगत तथा प्रभाकारी छ । हेपाटाइटिस ‘ए’का लक्षणहरु – भोक नलाग्ने, उल्टी आउन खोज्ने वा आउने, पिसाब गाढा पहेँलो हुने, थकाई लाग्ने आदि जस्तै ।

हेपाटाइटिस ‘बी’ :  शरीरको तरल पदार्थ खासगरी Blood Products, Semen, Sweat आदिबाट सर्ने गर्छ । यसमा ५–१०% व्यक्तिहरुमा लामो समयसम्म (६ महिनाभन्दा बढी) HBSAg रहने हुन्छ र जसलाई Carrier State भनिन्छ ।

विदेश जाने क्रममा रगतको जाँच गर्दा Incidental finding को रुपमा यो समस्या देखिन्छन् र आत्तिएर ती व्यक्तिहरु उपचारको क्रममा आउने गर्दछन् । तर ती व्यक्तिहरुमा तीव्र संक्रमण(Acute Infection) को लक्षण देखिँदैनन् ।

हेपाटाइटिस बी संक्रमितहरुमा लिभरबाहेकका (Extra Hepatic Features) जस्तै जोर्नी दुख्ने, डावरहरु आउने लक्षणहरु पनि देखिन सक्छन् । हेपाटाइटिस बी भाइसरलाई मार्ने क्षमता भएका जडिबुटीहरु अनुसन्धानबाट प्रमाणित भइसकेका छन्, जुन Antiviral Drugs- Interferon, Lamivudine तथा Ribavirin भन्दा निकै सुलभ र सस्तो रुपमा उपलब्ध छन् ।

हेपाटाइटिस सी : यसको सर्ने माध्यम पनि हेपाटाइटिस बी जस्तो नै हो । शुरुवातमा सामान्य जन्डिसमा देखिने लक्षणहरु हुन सक्छन् र लक्षणहरु नदेखिने  पनि हुन सक्छन् । ८५% Chronic Infection को रुपमा विकसित हुन सक्छन् र २०–३०% व्यक्तिमा लामो समयपछि Cirrhosis (लिभर कडा हुँदै जाने ), डल्लो हुने तथा आकारमा खुम्चिेने, लिभर कोषहरु मर्दै जाने समस्या हुन सक्छ । यसमा पनि आयुर्वेदीक औषधीहरु प्रभावकारी छन् ।

हेपाटाइटिस ई : यो पनि हेपाटाइटिस ए जस्तै गरि सर्ने Viral Hepatitis हो र लक्षणहरु पनि हेपाटाइटिस ए देखिए जस्तै हुने गर्छन । काठमाडौंमा यो समस्या व्यापक रुपमा देखिने गरेको छ । गर्भवती महिलाहरुमा यो भएमा घातक हुन सक्दछ । यो निको हुने हेपाटाइटिस ए भन्दा लामो समय लाग्ने हुन्छ ।

माथि उल्लेख गरिएका भाइरल हेपाटाइटिस बाहेक लिभर सिरोसिस, अल्कोहोलिक लिभर डिजिज, Obstructive Jaundice, लिभर क्यान्सर आदि समस्या लिएर पनि नरदेवी अस्पतालमा विरामीहरु आउने गरेका छन् । सबैभन्दा पहिला लिभर सम्बन्धी समस्या लिएर आएपछि गर्नुपर्ने निम्न लिखित परीक्षणको बारेमा जानकारी लिनु आवश्यक छ ।

१. Complete Blood Count (CBC) to screen for haemolysis.

२. Liver Function Test :

  1. Bilirubin Total & Direct
  2. Alanine Aminotransferase (ALT) & Aspartate Aminotransferase (AST) यी दुबैले लिभर कोषको कति मात्रामा क्षति भैरहेको छ भन्ने जनाउँछ ।

c. Alkaline Phosphatase   यसले पित्तको प्रवाहमा अवरोध छ कि छैन भन्ने छुट्याउन ठूलो मद्दत गर्दछ ।

d. Albumin / Prothrombin Time (PT) यीनीहरुले लिभरको सिर्जनात्मक काम बारे जान्न सहयोग पु¥याउछन् ।

यिनका अतिरिक्त Anti body Hepatitis C Virus (Anti-HCV), Hepatitis B Surface Antigen (HBSAg), Hepatitis Be Antgen (HBeAg) / PCR (Polymerase Chain Reaction – DNA Diagnosis) हो जुन Hepatits B को उपचार प्रकृयालाई अनुगमन र मूल्याङ्कन गर्ने गरिन्छ । यिनका अतिरिक्त केही Radiological Imaging पनि आवश्यक पर्दछन् :

१. अल्ट्रासाउण्ड : यसबाट लिभरको आकार, संरचना एवं पित्तथैली, Common Bileduct को Size आदि बारे थाहा पाउन सकिन्छ, जसबाट अवरोधजन्य  हो कि होइन भनेर छुट्याउन सकिन्छ । यो निकै सुरक्षित र सुलभ, भरपर्दो Imaging Modality हो ।

२. सिटीस्क्यान : यसबाट लिभर, प्याङ्क्रियाज तथा वरपरको ठाउँमा कुनै Mass को Growth छ कि भनेर हेर्न सकिन्छ र त्यस्तो प्रकारको Lesion Malignant हो कि होइन भनेर Rule Out गर्न सकिन्छ ।

३.  ERCP : यसले कलेजो तथा पित्तथैली, पित्तनलीको आसपासमा रहेका अवरोधक  बारेमा प्रष्ट पार्छ । यसको उपयोग दुई प्रकारले हुन्छ – नैदानिक तथा उपचारात्मक ।

४. Liver Biopsy : कलेजोबाट सानो टुक्रा निकालेर लिभर बायोप्सी गरेर Benign हो कि Malignantहो भनेर छुट्याउन सकिन्छ ।
उपलब्ध आधुनिक प्रविधिको सहायता लिई आयुर्वेदीक औषधीको उचित मात्रामा प्रयोग गरी कलेजो र यस सम्बन्धित रोगहरुमा आफूलाई स्थापित गर्नु चुनौती एवं अवसरको रुपमा रहेको छ । यसतर्फ आयुर्वेदसंग सरोकारवाला सम्बद्ध व्यक्तिहरुले अग्रसर हुनुपर्ने देखिन्छ ।

#डा.बम नरदेवी आयुर्वेद चिकित्सालयमा कार्यरत छन् ।


Facebook Comment


थप समाचार