फर्मासिष्ट पढाउने कलेजको स्तर पुगेन : काउन्सिल अध्यक्ष हुमागाँई

baburam-humagain
अध्यक्ष : बाबुराम हुमागाँई

काठमाडौँ – फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाँईले फर्मासिस्ट पढाउने कलेजहरुको स्तर नपुगेको टिप्पणी गरेका छन् । आइतबार फर्मासिस्ट र असिस्टेन्स फर्मासिस्टको नतिजा सार्वजनिक भएपछि उनले सो टिप्पणी गरेका हुन् ।

हिजो सम्पन्न परीक्षामा सहभागीमध्ये फर्मासिस्ट तर्फ ४१.४ र असिस्टेन्ट फर्मासिस्ट तर्फ ५४.६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

अध्यक्ष हुमागाँईले भारतको बैग्लोरबाट आएकाहरु धेरै फेल भएको भन्दै स्वदेशका उत्पादन पनि सन्तोषजनक नदेखिएको ठोकुवा गरे । ‘यो परीक्षामा बेग्लोरबाट पढेर आएका धेरै विद्यार्थी फेल भएका छन् नेपालमै पढेकाहरुको पनि नतिजा सन्तोषजनक छैन । त्यसको कारण कलेजले कमजोर विद्यार्थीलाई पनि पास हुने बाताबरण मिलाएको हो भन्न सकिन्छ ।’

उनले आगामी बैशाख देखी विदेशमा फार्मेसी पढ्न जाने विद्यार्थीले काउन्सिलबाट नो अव्जेक्सन लेटर लिएर मात्रै पाउने व्यवस्था गरेको जानकारी दिए । ‘यसो गरयो भने मात्रै विद्यार्थीहरु सहि कलेजमा पढ्न जान सक्छन् भन्ने हाम्रो बुझाई हो ।’ उनले नेपालकै कलेजको स्तरमा पनि थप सुधार गर्नुपर्ने बताए ।

नेपालमा बी फार्मेसी पढाउने १९ वटा र असिस्टेन्स फार्मेसी पढाउने २९ वटा कलेज छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *