फर्मासिस्ट लाइसेन्स परीक्षामा १ हजार ४१ जना सहभागी

nepal-pharmacy-councilकाठमाडौँ – नेपाल फार्मेसी काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा १ हजार ४१ जनाले सहभागीता जनाएका छन् ।

ती मध्ये ६ सय ५९ जनाले फार्मेसी सहायक(असिस्टेन्ट फर्मासिस्ट) र ३ सय ८२ जनाले फर्मासिस्ट तहको लाइसेन्स परीक्षा दिएका हुन् ।

नयाँ बानेश्वरस्थित नोवेल एकेडेमीमा सञ्चालित आजको परीक्षा असिस्टेन्ट फर्मासिस्टको विहान १० बजे देखी सुरु भएको थियो ।फर्मासिस्टको भने दिउसो २ बजे देखी सुरु भएको थियो ।

काउन्सिल सदस्य प्रदीप लम्सालका अनुसार दुबै परीक्षाका सहभागीहरुले उत्तीर्ण भई लाइसेन्स प्राप्त गर्नका लागि लागि कम्तीमा ५० प्रतिशत अंक ल्याउनुपर्छ । उनले परीक्षाको नतिजा आजै रातीसम्ममा प्रकाशित गर्ने तयारी भएको जनाए ।

काउन्सिलले फार्मासिष्ट र असिस्टेन्ट फार्मासिष्ट तहको लाइसेन्स परीक्षा बर्षको तीन पटक गर्ने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *