तुलसीका यति धेरै फाइदा !

tulasi ko path
तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । यसलाई हिन्दु परम्परा अनुसार पूजाआजाका लागि पनि उपयोगमा ल्याइनुका साथै घरेलु औषधीका रुपमा पनि उपयोगी मानिन्छ ।

तुलसीको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसको सेवन साधारण रुघाखोकी, ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वास सम्बन्धी समस्याका साथै रगतको खराबी जस्ता रोगहरु निको पार्न मद्दत गर्छ ।

तुलसीका अन्य फाइदाहरु के के रहेछन् :

१. तुलसीको सेवनले शरीरमा रोगप्रतिरोधत्मक क्षमता बढाउनुका साथै ज्वरोलाई कम गर्न मद्दत गर्छ ।

२. तुलसीको ताजा पातमा अदुवाको रस मिलाएर सेवन गर्नाले रुघाखोकी तथा घाँटीको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. यसको सेवनले मिर्गौलाको पत्थरीको रोकथाम गर्न तथा यसलाई ६ महिनासम्म सेवन गर्नाले पत्थरी निको गराउन मद्दत गर्छ ।

४. दाँत दुख्ने समस्याबाट मुक्ति मिल्छ । दाँत दुखेको बेलामा तुलसीको पातलाई बिस्तारै चपाएर खानाले दाँतको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

५. तुलसीको पातमा एन्टीअक्सिडेन्ट नामक रसायन हुन्छ जसले मुख तथा स्तन क्यान्सर हुनबाट जोगाउँछ ।

६. कपाल झर्नबाट रोक्छ । तुलसीको पातलाई धूलो पाउडर बनाई नरिवलको तेलमा मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति मिल्नुका साथै कपाल स्वस्थ रहन मद्दत मिल्छ ।

७. यसको सेवनले मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई फाईदा हुनुका साथै शररिमा सुरक्षा प्रदान गर्छ ।

८. पेटमा अपच हुने तथा अन्य पेटसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

९. तुलसीको पातलाई पिसेर पानीमा उमालेर नुहाउनाले हड्डीको दुखाई सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *