ओ हो ! खर्बुजा खाँदा यति धेरै फाइदा ?

watermelon2

गर्मी मौसम सुरु हुन् थाल्यो बजारमा बेच्न राखिएका खर्बुजा देख्ना साथ खाउँ खाउँ लाग्न थाल्छ । सामान्य तयातिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न खाइने खर्बुजा प्रसस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पाईन्छ । त्यसैले स्वास्थ्यका लागि अझ बढी लाभदायी हुन्छ । के केमा हुन्छ लाभ ? एक पटक हेरौँ :

१. दमबाट बचाउँछ : खरबुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सी ले तपार्इँलाई दमको रोगी बन्न दिदैन ।

२. रक्तचाप नियन्त्रण  : अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन ।

३. क्यान्सर : खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रि रेडिकल बन्न दिदैन र क्यान्सर बाट बचाउँछ । त्यसैगरी यसमा पाईने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको छ ।

४. पाचन प्रणाली : खर्बुजामा प्रसस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ ।

५. हाइट्रेसन/शरीरमा पानीको मात्रा: खरबुजामा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज पाईन्छ । गर्मी मौसममा हाम्रो शरीरबाट बाहिर जाने पानीलाई खरबुजाले सन्तुलित पार्छ ।

६. छाला : छालाका तेल ग्रन्थीमा तेल बन्न भिटामिन ए चाहिन्छ । त्यसैगरी शरीरका तन्तुहरु, छाला तथा रौंको बृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ । खर्बुजामा पाईने भिटामिन ए ले यो जरुरत पुरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

७. खर्बुजामा प्रसस्त मात्रामा पाईने कोलिन सुत्दा, मांसपेसी चलाउँने कामका लागि चाहिन्छ । त्यस्तै सिकाई तथा यादगर्ने प्रक्रियामा पनि चाहिन्छ । यी अलावा शरीर गलेको, दुखाई कमगर्न तथा चिल्लो पदार्थलाई सोस्ने पनि कोलिन चहिन्छ । जुन खर्बुजाको सेवनबाट पाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *