‘फिस्टुला बनाउन पाँच हजार छैन कसरी होला प्रत्यारोपण ?’

मिर्गौलापिडीत निरमाया (बायातर्फ) आफ्ना पति श्यामबहादुरसंग
मिर्गौलापिडीत निरमाया (बायातर्फ) आफ्ना पति श्यामबहादुरसंग

काठमाडौँ – दुबै मिर्गौला बिग्रिएपछि प्रत्यारोपणका लागि भन्दै काठमाडौँ छिरेकी निवुवाखर्क ३ रुपाखानी स्याङजाकी निरमाया थापाले पाँच हजार रुपैया जुटाउन सकेकी छैनन् । तर उनको सपना मिर्गौला प्रत्यारोपण गरि पहिले जस्तै स्वस्थ बन्छु भन्ने छ ।

डेढ महिना देखी बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटल बसुन्धरामा निशुल्क उपचार तथा डायलासिस गराइरहेकी थापाले अहिलेसम्म विभिन्न मनकारी व्यक्तिहरुले दिएको खर्चले सामान्य खर्च चलाएको बताउछिन् । तर कतिदिन त्यसरी चल्ने हो भन्ने उनी आफै अनबिज्ञ छिन् ।

मिर्गौला अत्यन्तै खर्चिलो र जटिल रोग हो भन्ने उनलाई यतिवेलामात्रै थाह भएको छ । हप्ताको दुईपटक डायलासिस गर्नुपर्ने, उत्तिकै औषधि खानुपर्ने र प्रत्यारोपण गर्नुपरे लाखौँ जुटाउनुपर्ने । सामान्य गर्जोटार्न मुस्किल पर्ने निरमायाको परिबारलाई लाखौँ खर्च उपचारका लागि जुटाउने सामथ्र्य नै छैन् । यद्धपी उनी आशावादी छन् ।

नजिकैको मनमोहन कार्डियोथारासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पाँच हजारमा फिस्टुला बनाइदिन्छ भन्ने सुनेकी छन् । तर त्यहि फिस्टुलाका लागि पाँच हजार जुटाउन मुस्किल भइरहेको छ निरमायालाई ।

‘अहिलेसम्म यो अस्तपालमा निशुल्क उपचार र डायलासिस भइरहेको छ । घाटीनिर प्वाल पारी डाइलासिस भइरहेको छ । त्यो धेरै समय राख्न हुँदैन फिस्टुला बनाउन पर्छ भन्नु भएको छ । तर त्यसका लागि खर्च जुटाउन गाह्रो भएको छ,’ नीरमायाका पति शेरबहादुरले भने ।

बुम्म फुलेको अनुहार सहित उपस्थित भएकी नीरमायाले आफ्ना चार छोराछोरीका लागि पनि बाच्नै पर्ने बताउछिन् । ‘तीन छोरी र एक छोरा छन् । उनीहरुको उमेर ११, १०, ६ र ४ बर्षको छ’ भर्खर २८ बर्ष लागेकी निरमायाले भनिन् , ‘मलाई केही भयो भने त यी मेरा लालाबालाको के हाल होला ?’  भावुक हुदै उनले भनिन् ।

बुम्म फुलेको अनुहार सहित उपस्थित भएकी नीरमायाले आफ्ना चार छोराछोरीका लागि पनि बाच्नै पर्ने बताउछिन् । ‘तीन छोरी र एक छोरा छन् । उनीहरुको उमेर ११, १०, ६ र ४ बर्षको छ’ भर्खर २८ बर्ष लागेकी निरमायाले भनिन् , ‘मलाई केही भयो भने त यी मेरा लालाबालाको के हाल होला ?’  भावुक हुदै उनले भनिन् ।

काठमाडौ बसाईको क्रममा उनले केही थाह पाएकी छन् । ठूला नेताहरुको निशुल्क उपचार हुन्छ, चर्चित व्यक्तिका लागि राज्य तथा विभिन्न संस्थाले उपचार खर्च वेहोर्छ भन्ने । तर उनको सोझो प्रश्न ‘हामीजस्ता गरीव जसलाई एक दुई हजारको पनि अत्यन्तै महत्व छ त्यस्तोका लागि निशुल्क उपचार छैन ? हाम्रो बाच्ने अधिकार छैन ?’

डेढ महिना देखी श्रीमतीलाई उपचार गर्न काठमाडौ आएका शेरबहादुर कसरी उपचार गर्ने भन्नेमा अलमल्लमा छन् । मिर्गौला प्रत्यारोपण गर्ने भन्ने हो हाम्रो तर पैसा कसरी जुटाउने होला, उनी भन्छन्, ‘साझ विहान निमेक गरेर घरपरिबार पाल्ने गरेको छु । पैसा त निकै लाग्छ भन्ने सुनेको छु ।’

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले निरमायाको उपचारका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरेको बताए । ‘अस्पतालले ढेड महिना देखी निशुल्क रुपमा उनको उपचार गर्दै आएको छ । विभिन्न संघसंस्थाबाट उपचार खर्च जुटाइदिने काम गरेको छु । अब फिस्टुलाको लागि पनि पैसा उपलव्ध गराइदिदै छु’ उनले भने ।

गत दशैतिर एकाएक खुट्टा सुन्निएपछि परीक्षणका लागि पाल्पास्थित मिसन अस्पतालमा पुग्दा चिकित्सकहरुले मिर्गौला फेल भएको बताएका थिए । सामान्य खर्चमा उपचार होला भन्ने सोचेका उनीहरुले औषधि उपचारमा लाग्ने खर्च सुनेपछि निकै चिन्तित देखिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *