‘अंगप्रत्यारोपण सम्वन्धी नयाँ कानूनलाई तत्काल पूर्णता दिनुपर्छ’

RAJ_8702

काठमाडौँ – अंगप्रत्यारोपण सम्वन्धी नयाँ कानूनलाई तत्काल पूर्णता दिन सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले हालै मात्र संसदबाट अनुमोदन भएको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ को संसोधन २०७२को तत्काल नियमावली बनाई सकेसम्म छिटो ऐन कार्यान्व्यन गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्व मिर्गौला दिवसको पूर्व सन्ध्यामा मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य फाउन्डेसनले बुधबार आयोजना गरेको अंगदान सम्वन्धी बृहत अन्तक्रिर्या कार्यक्रममा सहभागी वक्ताहरुले ऐनलाई पूर्णता दिई कार्यान्वनयमा ल्याउनुपर्ने खाँचो औल्याए । उनीहरुले नयाँ व्यवस्था लागु गर्न सके अंग फेल भएका धेरै व्यक्तिहरुमा प्रत्यारोपण गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाजिक समितिकी सभापति रन्जु झाले आम नेपालीको हीत होस भन्ने हेतुले अंग प्रत्यारोपण सम्वन्धी कानून ल्याएको भन्दै यसको सदुपयोग गर्न सके धेरै नेपालीको ज्यान बच्ने बताइन । उनले ऐनले मस्तिस्क मृत्यु, नाता सम्वन्धको दायरा फराकिलो पार्ने कामहरु भएको भन्दै यसले आम सर्वसाधारणको समस्या केही हदसम्म कम भएको बताइन् ।RAJ_8720

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले नयाँ कानूनले अंगदान सम्वन्धी समस्या हल गर्ने बताए । उनले अब छिटै विज्ञहरुलाई समेटेर नियमावली बनाउन तर्फ लाग्ने बताए । खर्चिलो र जटिल रोग मिर्गौलाको प्रकोप बढदै गएको र कतिपय ठाँउमा व्यापारको रुप समेत लिएको भन्दै नयाँ कानून कार्यान्वनयमा आएपछि त्यसको न्युनीकरण हुने बताए ।

बरिष्ट न्यूरो सर्जन प्राडा उपेन्द्र देवकोटाले अहिले संसोधन गरिएको व्यवस्था सन १९९४ मा नै ल्याउन खोजिएको तर त्यतिवेलाको संसदले विश्वास नगर्दा अघि बढ्न नसकेको बताए । उनले अहिले आएको कानूनको राम्ररी कार्यान्वयन हुँदा त्यसले आम सर्वसाधारणलाई धेरै राहत मिल्ने बताए ।

कार्यक्रममा फ्रिम्यान हस्पिटल न्युक्यास्टल बेलायतबाट आएकी डा. अलिसन ब्राउनले आफ्नो देशमा अंगदान र अंगप्रत्यारोपणको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले नेपालमा अहिलेको अंग फेल हुने अवस्था, प्रत्यारोपणको व्यवस्था र अहिलेको नयाँ कानूनमा भएको व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

आरोग्य फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माले सकेसम्म अंग फेल हुने अवस्था आउन नदिन नै राम्रो हुने बताउदै भएको खण्डमा प्रत्यारोपणको व्यवस्था खुकुलो हुनुपर्ने बताइन । उनले नयाँ व्यवस्थाको कार्यान्वनय पछि जनतालाई राहत हुने दावी गरिन ।

कार्यक्रममा मह जोडी, विभिन्न पार्टीका सांसद, चिकित्सक तथा नागरिक अगुवाहरुले नयाँ कानूनको कार्यान्वन र त्यसक्रममा आउन सक्ने चुनौतीका बारेमा आफ्ना धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *