देउराली र लोमस फर्मास्यूटिकल्समा प्रहरीको छापा ! सञ्चालकहरु पक्राउ

काठमाडौँ – बढी मूल्यमा औषधि बिक्री गरेको आरोपमा प्रहरीले देउराली जनता फर्मास्यूटिकल्स र लोमस फार्मास्यूटिकल्सका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देउराली जनताका पक्राउ पर्नेमा देउराली जनता फर्मास्युटिकल्स प्रालिका उपाध्यक्ष निगमराज अधिकारी र महाप्रबन्धक निलराज आचार्य  र लोमसका प्रबलजंग पाण्डे र प्रचोलजंग पाण्डे रहेका छन् ।

काठमाडौंका जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले पक्राउ गरेको हो । टोलीले दुबै उद्योगको स्टोर पनि सिल गरेको छ । उनीहरुलाई सरकारले तोकेको भन्दा बढी मुल्यमा औषधि बेचेको अभियोगमा पक्राउ परेका हुन् ।

अनुगमनका क्रममा टोलीले प्रति ट्याब्लेट ५ देखी २५ रुपियासम्म महंगोमा औषधि बेचेको पाइएको जनाएको छ ।

महानगरीय प्रहरी परिषरका प्रमुख एसएसपी विक्रम सिंह थापाले दुबै कम्पनीले प्रति ट्यावलेट ५ देखी २५ रुपैयासम्म मूल्य बढाएर बेचेको पाइएकोले पक्राउ गरेको बताए ।

‘जनताको जीउ धन र स्वास्थ्यसंग जोडिएको विषय हो । त्यसैले हामीले यसलाई कालोबजारी ऐन अनुसार मुद्धा चलाउने योजना बनाएका छौँ ‘ नेपाली हेल्थसंग थापाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *