इबोलाको संक्रमणबाट बाँचेकाहरुमा दीर्घकालिन स्वास्थ्य समस्या

eboएजेन्सी – इबोलाको संक्रमणबाट बाँचेकाहरुमा दीर्घकालिन स्वास्थ्य समस्या देखिएको छ । हालै गरिएको अनुसन्धानले इबोलाको उपचार पछि बाँचेकाहरुमा स्मरण क्षमतामा ह्रास, डिप्रेसन, कमजोरी लगायतका समस्या देखापरेको हो ।

यू.एस. नेसनल इन्स्टीच्यूट अफ हेल्थमा आवद्ध चिकित्सकहरुले सो अध्ययन लाइबेरियाको इबोला संक्रमणबाट बाँचेका मानिसहरुमा गरेका थिए । सो अध्ययन अनुसार इबोला यूनिटबाट डिस्चार्ज भएको ६ महिना भित्रमा धेरैजसोमा कमजोरी स्मरण क्षमतामा ह्रास, डिप्रेसन आदि समस्या देखिएको हो । चिकित्सकहरुले कतिपयमा भने आत्महत्या गर्न मनलाग्ने अर्थात ‘ह्यालुनेसनस्’ को समस्या देखापरेको बताए ।

Ebola1

पश्चिमी अफ्रिकामा करिब १७ हजार मानिस इबोला संक्रमणबाट बाँचेका थिए । एकेडेमी अफ न्यूरोलोजीको बार्षिक सम्मेलनमा प्रस्तुत गरिएको यो प्रतिवेदनले इबोलाले दीर्घकालीन स्वस्थ्य समस्या ल्याउने भन्दै स्वस्थ्यकर्मीहरुमाथि नयाँ चुनौति थपिदिएको छ ।

इबोला यूनिटबाट डिस्चार्ज भए लगत्तै ८२ जना सर्भाइभरमा गरिएको अध्ययनमा धेरैमा मेनिन्जाइटिस , ‘ह्यालुसिनेसन’ तथा कोमामा गई राख्ने समस्यम देखिएको थियो ।

उनीहरुलाई त्यसको ६ महिना पछि नयाँ दीर्घकालीन समस्या देखिन थालेको हो । करिब दुई तिहाईमा शरीर कमजोर हुने समस्या देखिएको थियो भने आधा बिरामीमा डिप्रेसन तथा स्मरणशक्ति गुम्ने समस्या भेटियो । अध्ययनको क्रममा २ जनामा भने निरन्तर सुसाइडल टेन्डेन्सी भेटियो ।

नेसनल इन्स्टीच्यूट अफ न्यूरोलोजिकल डिसअडर एण्ड स्ट्रोकका डा. लौरेन बोबेन भन्छिन् “हामीले यस्तो नतिजा आउला भनेर अपेक्षा गरेका थिएनौँ । ‘मेमोरी लस’ ‘डिप्रेसन’ तथा ‘ह्यालुसिनेसन’ जस्ता समस्याले ती इबोला सर्भाइभरको नियमित काम जागिर तथा स्कलको पठापाठनमा समस्या भएको भेटायौँ । यी मानिसहरु इबोलाबाट बचे पनि पूर्ण रुपमा इबोलाबाट मुक्ति भने पाएका छैनन् ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *