अभावका बेला आउनुपर्ने औषधि यतिखेर आइपुग्यो

medicines-l

काठमाडौँ – अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले दोस्रो चरणमा पठाएको ३६ हजार डलर बराबरको औषधि आइपुगेको छ । डेढ महिना अघि पनि उक्तसंस्थाले त्यतिनै रकम बराबरको औषधि पठाएको थियो ।

भारतले गरेको नाकाबन्दीले देशमा औषधिको अभाव भएको खबर सार्वजनिक भएपछि डाइरेक्ट रिलिफले औषधि पठाउने इच्छा व्यक्त गरेको थियो । सोही अनुसार अभाव भएका औषधिको लिष्ट सहित सहयोग गर्न सक्ने गरी स्वीकृति दिएपछि औषधि पठाउने प्रक्रिया थालेको थियो ।

अघिल्लो लटको औषधि आईपुग्दा देशमा नाकाबन्दी कायमै भएपनि पछिल्लो लटको औषधि आइपुग्दा भने नाकाबन्दी हटिसकेको छ । अभाव समेत सहजतामा परिणत भइसकेको छ । यद्धपी औषधिहरु आवश्कता अनुसार सरकारी स्वास्थ्य संस्थामा पठाउने तयारी भएको अधिकारीहरु बताउछन् ।

अघिल्लो लटको औषधि आईपुग्दा देशमा नाकाबन्दी कायमै भएपनि पछिल्लो लटको औषधि आइपुग्दा भने नाकाबन्दी हटिसकेको छ । अभाव समेत सहजतामा परिणत भइसकेको छ ।

स्वास्थ्य सेवा विभाग आपुर्ती महाशाखाका प्रमुख डा भिमसिंह टिंकरीले डाइरेक्ट रिलिफबाट अत्यावश्यक तथा जीवनदायी औषधिहरु प्राप्त भएको बताए । उनले देशको आवश्यकता अनुसार सो संस्थाले औषधि पठाएको दावी गरे । ‘नाकाबन्दीका बेला हामीलाई अभाव भएका केही औषधिहरुको लिष्ट बनाएका थियौँ । सोही लिष्ट डाइरेक्ट रिलिफलाई समेत पठाएका थियौँ । सोहीअनुसार औषधि आएको छ,’ डा. टिंकरीले भने ।उनले आएका औषधिहरु सो औषधि आवश्यकता आधारमा केन्द्रीय, क्षेत्रीय,अञ्चल तथा जिल्ला अस्पतालहरुमा पठाइने जानकारी दिए ।

डाइरेक्ट रिलिफ गत १२ बैशाखको विनासकारी भूकम्पका बेला पनि सबैभन्दा बढी औषधि उपलव्ध गराउने संस्था ठहरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *