नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा कपिलबस्तु गठन

20160213_131149

कपिलबस्तु – नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा कपिलबस्तु गठन भएको छ । मन्दिपसिंह (लक्की) को अध्यक्षतामा ११ सदस्य समाजको गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा गीता सुवेदी लम्साल, सचिवमा श्याम्रसाद सुवेदी, कोषाध्यक्षमा गुन्जनकुमार गुप्ता रहेका छन् । समितिको सदस्यहरुमा दिनेश हमाल जोखन थारु, सन्दिप लम्साल, रामेन्द्र सिंह रावल, मनोज कुमार के.सी., श्रवणकुमार तेली र यमुना पन्थी रहेका छन् ।

सो अवसरमा बोल्दै समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यले रगत अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भनि समाजको गठन गरिएको बताए । उनले हाल समाजको १८ जिल्लामा शाखा रहेको र केही जिल्लामा बडा र नगर समिती समेत गठन भएको जानकारी दिए ।

उनले देशैभर रक्तदाताहरुको सञ्जाल बनाई संगठित बनाउने, रगतको महत्वबारे जानकारी गराउने र सञ्जालबाट मुलुकभर नै निशुल्क रगत वितरण गर्ने आफूहरुको उद्देश्य रहेको स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *