पाँचसय भूकम्प पिडीतको स्वास्थ्य जाँच, अति विपन्नलाई न्यानो कपडा वितरण

स्वास्थ्य परीक्षण गर्दै चिकित्सकहरु
स्वास्थ्य परीक्षण गर्दै चिकित्सकहरु

नेपाली हेल्थ / ललितपुर-  लायन्स क्लव अफ अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए २ ‘ अन्र्तगतका क्लवहरु र अल्का अस्पतालको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको ठुलो सिरुवारीमा आयोजित निशुल्क स्वास्थ्य शिबिरमा ५ सय जनाको स्वास्थ्य परीक्षण भएको छ ।

सोही शिबिरमा जाडोबाट अति प्रभावित विपन्न समुदायका ३ सय २५ परिबारलाई न्यानो कपडा पनि बितरण गरिएको छ ।

भुकम्प पिडितहरु चिसोबाट बिरामी पर्न थालेको समाचार सुनेपछि सामाजिक उत्तरदायित्व अन्र्तर्गत अस्पतालसँग सहकार्य गरी  स्वास्थ्य शिबिर र न्यानो कपडा बितरण गरिएको लायन्सका डिस्ट्रिक गर्भनर रुद्रहरि ज्ञवालीले बताए ।

अति विपन्नलाई कम्वल वितरण गरिदै
अति विपन्नलाई कम्वल वितरण गरिदै

शिबिरमा जनरल फिजिसियन, स्त्री रोग बिशेषज्ञ, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ चिकित्सकसहित २० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । आवश्यक पर्नेलाई निशुल्क रुपमा औषधी समेत बितरण समेत गरिएको थियो ।

शिबिरमा धेरै जसो चिसोले बिरामी परेका रुघाखोकी, ज्वरो, दम लगायत समस्या भएका बिरामी आएका थिए । स्वास्थ्य परीक्षण गराएका मध्ये थप उपचार गर्नुपर्ने बिरामीलाई बिशेष सुविधा दिएर अल्कामै उपचार गर्ने व्यवस्था मिलाएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

आफैले स्वच्छिक रुपमा संकलन गरेको रकम मार्फत आगामी दिनमा पनि भुकम्प प्रभावित अन्य गाविसमा स्वास्थ्य शिबिरका साथै न्यायो बाड्ने कार्यक्रमलाई निरन्तरता दिइने लायन्सका डिष्ट्रिक गर्भनर ज्ञवालीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *