टन्सिलले बाथमुटुरोग हुनसक्छ भन्ने स्वास्थ्य शिक्षकलाई नै थाह छैन

FullSizeRender

नेपाली हेल्थ / ललितपुर – सामुदायिक विद्यालयका ७० प्रतिशत स्वास्थ्य शिक्षकलाई टन्सिलको कारणबाट बालबालिकामा बाथमुटुरोग देखिन सक्छ भन्ने जानकारी नभएको खुलासा भएको छ । स्वास्थ्य शिक्षक भएपनि आवश्यक प्रशिक्षण र जानकारीको अभावमा आफूहरुलाई टन्सिल र बाथमुटुको सम्वन्ध बारे जाकारी नभएको उनीहरुले बताएका छन् ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लव अफ पाटनको संयुक्त आयोजनामा शनिबार प्रतिष्ठानको सभाकक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा स्वास्थ्य शिक्षकहरुले सो कुरा बताएका थिए । जिल्लाका २० वटा सामुदायिक विद्यालयका ३६ जना स्वास्थ्य शिक्षकलाई बाथ मुटुरोग सम्वन्धी प्रशिक्षण उनीहरुले टन्सिल यति जटिल रोग हो भन्ने समेत जानकारी नभएको बताएका थिए ।

IMG_3374
प्रशिक्षण दिँदै डा. प्रकाशराज रेग्मी

प्रशिक्षक तथा प्रतिष्ठानका अध्यक्ष बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा हुने बाथमुटुरोग बारे शिक्षकहरुलाई तालिम दिएको बताए । उनले विद्यालयका शिक्षकहरुलाई बाथमुटुरोगबारे जानकारी दिएमा पढ्न आउने बालबालिका र उनीहरुमार्फत समाजमा यसबारे चेतना विस्तार गर्न सकिने बताए ।

बाथमुटुरोग ५ देखी १५ बर्ष उमेरका बालबालिकाहरुमा देखिने रोग हो । टन्सिलको समयमै सहि उपचार नभएमा यसले सिधै मुटुको भल्वमा असर पार्छ । ‘स्टेप्टोकोकस व्याक्टेरियाका कारण टन्सिल वा घाँटीको समस्या भएका बालबालिकारुलाई चिकित्सकको सल्लाहमा एन्टीबायोटिक औषधि दिएर तत्काल निको बनाउनुपर्छ । अन्यथा यसले मुटुको भल्व सुन्निने अवस्थामा पुरयाउँछ’  डा. रेग्मीले भने ।

नेपालमा बाथमुटुरोगका कारण बर्षेनी ५ देखी १५ बर्ष उमेरका करीब एक  हजार बालबालिकाहरुको मृत्यु हुने गरेको अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *