गुल्मीकी गीताले जन्माइन चम्ल्याहा !

chamlyaha

नेपाली हेल्थ / पाल्पा – गुल्मीकी एक महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छन् । जैसीथोक -२ रातोपोखराकी २६ बर्षीया गीता कुँवरले एकै पटकमा चार सन्तान जन्माएकी हुन् ।

विहीबार विहान तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा सल्यक्रिया गरी चार सन्तानको जन्म भएको हो । चारजना मध्ये दुई छोरा र दुई छोरी छन् । चिकित्सकका अनुसार पहिलो छोराको तौल १.५ किलोग्राम, दोस्रो छोराको १.२८, तेस्रो छोरी १.७३ र चौथो छोरीको १.२१ किलोग्राम रहेको छ ।

परिबारका अनुसार दुई महिना अघि तम्घासस्थित रेसुङ्गा अस्पतालमा परीक्षणका लागि जाँदा असामान्य अवस्था देखिएपछि उक्त अस्पतालले रिफर गरेको थियो । तत्कालै लुम्विनी मेडिकल कलेज शिक्षण अस्पतालमा आएर परीक्षण गर्दा चार सन्तान रहेको थाह भएको थियो ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा बुद्धिकुमार श्रेष्ठले ४ सन्तान कोखमा रहेको थाहा पाएपछि डाक्टरको निगरानीमा बस्न गीतालाई सुझाएका थिए । सोही अनुसार उनी दुई महिनादेखि अस्पतालको निगरानीमा थिइन् ।

जन्मेका चारै जना बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका डा बिनिता थापाले बताइन । शल्यक्रियामा डा. बबिता सहित डा. श्रेयषी अर्याल, डा. दिपक श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ डा कल्पना खरबुजा लगायत संलग्न थिए ।

गीताका श्रीमान जनक कुँवरले एकसाथ चार सन्तानको बाबु हुन पाउँदा हर्षित भएको बताए ।

गीताले दुई बर्ष अघि पनि जुम्ल्याहा सन्तानको जन्म दिएकी थिइन तर त्यतिवेला दुबै शिशुको जन्मनासाथ मृत्यु भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *