प्रमुख विशेषज्ञ डा. सेनेन्द्र मन्त्रालयमै अलपत्र !

senendra (1)

नेपाली हेल्थ/काठमाडौँ –तीन साता अघि स्वास्थ्य मन्त्रालयमा ल्याइएका स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक (प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेती अलपत्र परेका छन् । स्वास्थ्य मन्त्रालयमा उनलाई अहिलेसम्म कुनै जिम्मेबारी दिइएको छैन । न त बस्ने कार्यकक्ष नै ।

आफ्नो कार्यकक्ष नै नभएपछि १२ औ तहका उप्रेतीले आफूलाई भेटन आउने व्यक्तिहरुलाई कनिष्ठ कर्मचारीको कक्षमा लगेर भेटने गरेका छन् । स्वास्थ्य मन्त्रालयमा १२ औ तह( प्रमुख विशेषज्ञ) को तीनवटा पद रहेको छ । ती पदका लागि कार्यकक्ष पहिल्यै निर्धारण गरिएको पनि छ । तर प्रमुख विशेषज्ञ सेवा निवृत हुँनासाथ सो कार्यकक्षमा कनिष्ठहरुले रजाइ गर्ने गरेका छन् ।

सोमबार मन्त्रालयमा भेटिएका डा उप्रेतीले तीन साता देखी आफूलाई अलपत्र पारिएको गुनासो गरे । उनले सरुवा गर्नु अघि कम्तीमा जिम्मेबारी र कार्यकक्ष तोकिनुपर्ने बताए । ‘मलाई यहाँ ल्याउनुअघि जिम्मेबारी के दिने ? कहाँ बस्ने व्यवस्थ गर्ने भन्ने न्युनतम कुराहरु त तयारी गर्नुपथ्र्यो । त्यो छैन । हाजिर गरयो , बाहिर बसी घाम ताप्यो भएको छ । कति दिन यसरी बस्ने ?’ नेपाली हेल्थसंग उनले गुनासो गरे ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने जिम्मेबारी तोकिएको र कार्यकक्ष केही दिनमै उपलव्ध हुने बताए । ‘अहिले उहाँ( डा. उप्रेती)का लागि कार्यकक्ष नभएको कुरा सहि हो । त्यो केही दिनमै तयार हुँदैछ । जिम्मेबारीको हिसावले उहाँ चिकित्सा महाशाखाको प्रमुख विशेषज्ञको रुपमा रहनुहुनेछ । त्यसैले जिम्मेबारी नभएको भन्ने होइन’ श्रेष्ठले भने  ।

यसअघि चिकित्सा महाशाखाको प्रमुख विशेषज्ञको रुपमा योजना तथा नीति महाशाखाका प्रमुख विशेषज्ञ डा पदम बहादुर चन्दले हेर्ने गरेका थिए । अनुगमन तथा मुल्याङकन महाशाखाको प्रमुख विशेषज्ञ भने डा किरण रेग्मी छन् ।

तर स्रोतका अनुसार मन्त्रालयमा राज्यमन्त्री थपिएपछि कार्यकक्ष व्यवस्थापनमा ढिलाई भएको हो । एक जना विशेषज्ञ बस्ने कक्षमा राज्यमन्त्रीलाई राख्नुपरयो मन्त्रालय स्रोतले भन्यो , त्यसैले ढिलाई भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *