भारतीय नर्सिङ काउन्सीलबिरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ, २४ कात्तिक-

d

आफ्नो देशमा आई नर्सिङ विषयको  अध्ययन सकेका नेपाली विद्यार्थीको  रजिष्टेसन नगर्ने भारतीय नर्सिङ काउन्सीलको निर्णय प्रति भारत बैङलोरमा अध्ययन गरेका नेपाली विद्यार्थीले आपत्ती जनाएका छन् । उनीहरुले भारतीय काउन्सीलको विभेदकारी निर्णयको बिरुद्ध सोमबार राजधानीमा जुलुस प्रदर्शन गरेका छन् । जुलुसमा सहभागी विद्यार्थीहरुले भारतीय नर्सिङ काउन्सील र भारतमा नर्सिङ अध्ययनका लागि पठाउने नेपाली कन्सलटेन्सीबिरुद्ध चर्का नारा लगाएका थिए।

नेपाली नर्सप्रति भारतीय नर्सिङ काउन्सीलले विभेद गरेको विद्यार्थीहरुको आरोप छ । नर्सिङ अध्ययनका लागि भारत पठाउने कन्सलटेन्सी विरुद्ध ठगी मुद्धा लगाउन समेत उनीहरुको माग छ ।IMG_20151109_122426

‘दर्ता नगरेपछि उनीहरु अन्यत्रका देशमा रोगजारी गर्न समेत नपाईने रहेछ’, सोमबार जुलुसको नेतृत्व गरिरहेको संस्था ‘नेप्लीज इन बैङलोर’को एकजना सदस्य मोना दाहालले भनिन , ‘त्यसैको विरुद्ध हाम्रो आन्दोलन हो ।’ उनका अनुसार भारतीय नर्सिङ काउन्सीलले सन २०१३ सम्म सबै नेपाली विद्यार्थीको समेत  भारतीय विद्यार्थी सरह दर्ता गर्र्दथ्यो । तर त्यसयता यस्तो व्यवस्था काउन्सीलले नेपाली विद्यार्थी सहित भुटान र बंगलादेशका विद्यार्थीमा मात्र लागु गरेको छ  ।

नेपालका कन्सलटेन्सीमार्फत अहिले पनि बर्षेनी हजारौ विद्यार्थीहरु भारतको बैङलोर लगायतका विभिन्न शहरमा नर्सिङ अध्ययनका लागि जाने गरेका छन् । बैङलोरमा मात्रै बार्षिक १ अर्ब   रुपैया भन्दा बढी रकम नेपाली विद्यार्थीले त्यहाँका कलेजलाई बुझाउने सरोकारवालाहरु बताउछन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com