म्याद सकिएका व्यागमा रगत संकलन

blood bag

काठमाडौँ १८ कात्तिक –
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र( व्लड बैक)ले म्याद सकिन लागेका व्लड व्यागमा रगत संकलन गरेको भेटिएको छ । म्याद गुज्रन लागेका व्यागको प्रयोग गरेकै कारण संकलन गरिएका रगत खेर गएको छ ।

चावहिलस्थित हेल्पिङ हेण्डस सामुदायिक हस्पिटलमा उपचाररत रमिला महर्जनका लागि व्लड बैक भृकुटीमण्डपबाट ल्याएको रगत राखिएको व्याग म्याद गुज्रेको देखिएको हो । रमिलाका आफन्त रमेश महर्जनका अनुसार अस्पतालमा रहेको ओ पोजेटिभ ग्रुपको रगत क्रसम्याचका लागि व्लड बैक पुरयाउदा व्लड कर्मचारीले व्यागको म्याद गुज्रेको भन्दै रगत आफैसंग राखेका थिए ।व्लड बैकका कर्मचारीले रगतको म्याद गुज्रन २५ दिन बाकी भएपनि व्यागको म्याद गुज्रेकाले दिन नमिल्ने भन्दै आफैसंग राखेको महर्जनले भने ।

यसैबीच नेपाल स्वयंसेवी रक्तदाता समाजले म्याद गुज्रेको व्यागमा रगत तान्नु व्लड बैकको चरम लापरबाही भएको बताएको छ । मंगलबार विज्ञप्ती जारी गर्दै समाजले विरामीको शरीरमा चडाउने रगतमा गरिएको लापरबाहीलाई गम्भीर अपराध भन्दै छानवीन गरी दोशी भेटिए कारबाही गर्न सरकारसंग माग गरेको छ । समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले व्लड बैकका कर्मचारीले पटक पटक गल्ती गरेको भन्दै कडा कारबाही गर्नुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *